२०८३ श्रावण ११       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिष्ठित नागरिक वा अवकाशप्राप्त न्यायाधीशलाई राष्ट्रपति बनाउन प्रस्ताव राखेका छन् ।

बुधबार राति सामाजिक सञ्जालमार्फत डा. भट्टराईले गणतन्त्र नेपालका संवैधानिक राष्ट्रपतिहरूको भूमिका, स्तर निकै कमजोर र निम्न रहेको भन्दै प्रतिष्ठित नागरिक वा अवकाशप्राप्त न्यायाधीशलाई राष्ट्रपति बनाउन प्रस्ताव राखेका हुन् ।

यस्तै उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमै जानु बेस हुने धारणासमेत व्यक्त गरेका थिए । उनले ट्विटरमा लेखेका छन्, ‘गणतन्त्र नेपालका संवैधानिक राष्ट्रपतिहरूको भूमिका, स्तर निकै कमजोर र निम्न रहेको स्थितिमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमै जानु श्रेयस्कर देखियो है ! त्यो नभएसम्मको अन्तरिम अवधिमा पार्टीका सक्रिय नेताभन्दा प्रतिष्ठित नागरिक वा अवकाशप्राप्त न्यायाधीशलाई बनाउने हो कि ?’

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!