२०८० जेष्ठ १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

कञ्चनपुर, ९ पुस । कोडिभका कारण भारत लगायत तेस्रो मुलुकबाट रोजगारी गुमाएर घर फर्केका कञ्चनपुरको बेदकोट नगरपालिका क्षेत्रका चार सय भन्दा बढि व्यक्ति व्यवसायिक तरकारी खेतीमा जुटेका छन ।

स्वीट नेपाल कञ्चनपुरले यूनडिपी र बेदकोट नगरपालिका संगको आर्थिक सहयोग र सहकार्यमा कोडिभ १९ प्रतिकृया र समाजिक आर्थिक पुर्नप्राप्ती परियोजनाअन्तर्गत संचालक गरेको कार्यक्रम मार्फत किसान व्यवसायिक तरकारी खेतीमा जुटेका हुन ।

स्वीट नेपाल कञ्चनपुरका अध्यक्ष अमिर तिरुवाले भारत लगायत विदेशबाट कोडिभका कारण रोजगारी गुमाएर स्वदेश फर्किएका नेपाली सहित विपन्न समुदायको आर्थिक उर्पाजनका लागि कार्यक्रम संचालन गरिएको बताएका छन् ।

बेदकोट नगरपालिका प्रमुख अशोक कुमार चन्दले कोरोना कारण रोजगारी गुमाएका नगरबासीका लागि कार्यक्रम प्रभावकारी भएको र आत्मनिर्भर बन्नका लागि स्वेदशमै विभिन्न उत्पादनका कार्यक्रममा किसानलाई थप प्रर्बद्धनात्मक कार्यक्रम संचालन गर्न नगरपालिकाका तर्फबाट सहयोग गर्ने बताएका छन् ।

स्वीट नेपाल कञ्चनपुरका जिल्ला संयोजक रमित सुनारले किसानलाई तालिम, उद्यमशिल एव तरकारी खेतीका लागि तालिम, बिउबिउन मल, उत्प्रेरणा एव प्राविधिक सहयोग गरिएको बताएका छन् । उनका अनुसार नगरका १० वटै वडामा पटेक क्षेत्र छुट्याएर तरकारी खेती गरिएको छ ।

१, २ आलु, ३,४ च्याउखेती, ५,६ खुर्सानी, ७, ८ लसुन र ९, १० प्याज खेतीसंगै अन्य खेती गरिएको छ । आलु, च्याउ, खुर्सानी, लुन र प्याजमा २सय किसान जुटेका छन । ८० बेमैसमी, २० पोलिहाउस टर्नेल, २० नर्सरी, १० पाठशाला, मागमा आधारितक पाउर लिटर १०, पशुपालन ८० जना जुटेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!