२०८२ कार्तिक १४       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इनरुवा, ९ असार । सुनसरीका सुरक्षा अधिकारीहरूले बाढी र डुबान न्युनीकरणका लागि कोसी नदी तथा कोसी व्यारेज क्षेत्र निरीक्षण गरेका छन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल नेतृत्वमा जिल्ला सुरक्षा निकायका प्रमुखहरूले वर्षातको मौसममा बाढी र डुवानको सम्भावित क्षति न्यूनीकरण गर्न मङ्गलबार कोसी क्षेत्रको निरीक्षण गरेको हो ।

सोक्रममा स्थानीयले कोसी ब्यारेजका सबै ढोका खोलिदिन माग गरेका थिए । सप्तकोसीका बासिन्दालाई सुरक्षित बनाउन सप्तकोसीको नियमित तटबन्ध निर्माण र कोसी व्यारेजका सबै ढोका खुल्ला गर्न स्थानीय रविन घिमिरेले सरकारसँग माग गरेका हुन् । सप्तकोसीमा पानीको बहाव प्रतिसेकेण्ड एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ । पानीको बहाव उच्च हुँदा समेत भारतले सप्तकोसी ब्यारेजका सबै ढोका नखोल्ने गरेका कारण सुनसरीको महेन्द्रनगर, प्रकासपुर, हरिपुर, मधुवन, श्रीलंका टापुका बासिन्दा त्रसित हुने गरेका छन् ।

सप्तकोसी आसपासका क्षेत्रमा असार, साउन र भदौ महिना खतरा मानिन्छ । भारतले सप्तकोसी ब्यारेजका सबै ढोका नखोलेका कारण सप्तकोसी आसपासका क्षेत्रका बासिन्दा बर्सेनि त्रासमा बस्नु परेको स्थानीयको गुनासो छ ।

पानीको बहाव नर्मल छ

प्रजिअ ढकालले अहिले सप्तकोसीमा पानीको बहाव सामान्य रहेको बताए । खतरको अवस्था नरहेपनि पूर्वतयारीमा जुटेको उनको भनाइ छ । ‘हामीले भारतीय ठेकेदारसँग पनि छलफल गरेका थियौँ । पहिल कमजोर देखिएको ठाउँहरू भिजिट गरेका थियौँ’, उनले ग्रामीण खबरसँग भने, ‘अहिले बहाव नर्मल छ । तर वर्षातको मौसम छ, केही भन्न सकिँदैन । यसैले सतर्कता अपनाउनु जरुरी छ ।’

उनका अनुसार आज बिहान सप्तकोसीमा पानीको बहाव प्रतिसेकेण्ड एकलाख ७० हजार देखि ८० हजार क्युसेकसम्म रहेको छ । पानीको बहाव सामान्य रहेका कारण आज बिहानसम्मा १४ वटा ढोका खुल्ला रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!