२०८२ कार्तिक १४       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं– नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले बुधबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।

निगमले पेट्रोल, जिडेल, मट्टितेल तथा हवाई इन्धन (अन्तर्राष्ट्रिय र आन्तरिक दुवै उडान)को मूल्य बढाएको हो। पेट्रोल, जिडेल, मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले बढाइएको छ।

२ रुपैयाँ बढाएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १२७ रुपैयाँ पुगेको छ। यस्तै, डिजेल र मट्टितेलको मूल्य ११० रुपैयाँ कायम भएको छ।

हवाई इन्धन अन्तर्राष्ट्रि उडाको मूल्य प्रति किलोलिटर २० अमेरिकी डलर र हवाई इन्धन आन्तरिक उडानको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!