२०८२ कार्तिक १४       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १० असार । आगामी आर्थिक वर्षका लागि विराटनगर महानगरपालिकाले चार अर्ब दस करोड तीन लाख ३८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । आठौँ नगरसभामा बिहीबार उपप्रमुख इन्दिरा कार्कीले चालु आर्थिक वर्षको भन्दा करिब १३ करोड कम अर्थात् चार अर्ब दस करोड तीन लाख ३८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।

आगामी वर्ष चालुतर्फ ४६ करोड ७० लाख ५२ हजार नौ सय २५, पुँजीगततर्फ तीन अर्ब ५८ करोड ३२ लाख ८५ हजार खर्च हुने अनुमान प्रस्तुत गरिएको छ । त्यस्तै वित्तीय व्यवस्थातर्फ पाँच करोड रुपैयाँ खर्च हुने महानगरको अनुमान छ । महानगरले चालुतर्फ ११ प्रतिशत र र पुँजीगततर्फ ८९ प्रतिशत रहको प्रस्तुत बजेटमा उल्लेख छ ।

महानगरले प्रस्तुत गरेको बजेटमा अन्तर सरकारी वित्तीय हस्तान्तरणमार्फत सङ्घीय सरकारबाट एक अर्ब १९ करोड ५३ लाख, प्रदेश सरकारबाट चार करोड ९० लाख १५ हजार, राजश्व बाँडफाँडबाट एक अर्ब एक करोड ४७ लाख ८३ हजार, आन्तरिक आम्दानीबाट ८३ करोड नौ लाख २५ हजार, अन्य अनुदान तथा ऋणबाट ७० करोड ५५ लाख आठ हजार पाँच सय, सङ्घसंस्थाबाट एक करोड ४४ लाख, जनसहभागिताबाट दस करोड आम्दानी हुने अनुमान प्रस्तुत गरेको छ ।

पुँजीगत खर्चमध्ये पूर्वाधार विकासका लागि दुई अर्ब चार करोड ३९ लाख ४८ हजार, सामाजिक विकासतर्फ एक अर्ब २६ करोड ६९ लाख, आर्थिक विकास क्षेत्रमा १७ करोड ८७ लाख, सुशासन तथा वातावरण क्षेत्रमा नौ करोड ३७ लाख ५० हजार खर्च हुने अनुमान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!