 
							केराउलाई चिसो हावापानीको आवश्यकता पर्दछ यसले तुषारो खप्न सक्छ, तर फूल र कोशा लाग्ने सम तुषारोले नोक्सान पुयाउँछ । १०-१८ डि. से. तापक्रम यसको लागि उपयुक्त हुन्छ तर आर्केल जातको खेती केही गर्मी मौसममा गर्न सकिन्छ ।
माटो
यसको खेती सबै किसिमको माटोमा हुन सक्ने भए तापनि पानी नजम्ने दुमट माटो यसको लागि उपयुक्त मानिन्छ ।
जग्गा तयारी
२/३ पटक खनजोत गरी डल्ला फोर्ने र सतह मिलाउने ।
मलखाद
२०-२५ डोको राम्ररी कुहिएको गोठेमल अथवा कम्पोष्ट मल २ किलो फोस्फोरस किलो पोटास प्रतिरोपनीका दरले जग्गा खनजोत गर्ने समयमा प्रयोग गर्नुपर्छ। यसलाई अरु बालीलाई जस्तै नाइट्रोजनयुक्त मलले टपड्रेस गर्न आवश्यक छैन । किनभने यो बालीले आफ्नो जरामा वायुमण्डलको नाइट्रोजन ब्याक्टेरियाको सहायताले भित्र जम्मा गर्छ। यसरी जम्मा भएको नाइट्रोजन आफूले पनि प्रयोग गर्छ र त्यसपछिको अर्को बालीलाई पनि उपलब्ध हुन्छ। केराउ र केराउ जस्तै कोसेबालीले जरामा वायुमण्डलको नाइट्रोजन ब्याक्टेरियाको सहायताबाट जम्मा गर्ने भएकोले खेतबारीमा सालमा एक पटक कोसेबाली खेतीगर्न सकेमा खेतबारीको मलिलोपन कायम रहन्छ । त्यसैले कासेबाली हाम्रो लागि महत्वपूर्ण बाली हो ।
लगाउने समय र तरिका
नेपालमा धेरै प्रचलित उन्नत जातहरूमा सिक्किम, न्यु लाईन पर्फेक्सन र आफैल हुन् यी दुवै जातहरूको लगाउने समय अलि फरक पर्छ । जम्मा तयार गरी सकेपछि लाईनमा सो बीउ रोप्नुपर्छ सिक्किम लोकलरोप्नुपर्छ ।
| जात | ईलाका | बीउ रोप्ने | बाली लिने | 
| सिक्किम लोकल | उच्च पहाड मध्य पहाड तराई 
 | चैत्र वैशाख असोज कार्तिक असोज कार्तिक 
 | असार कार्तिक पुस फागुन मंसिर माघ | 
| न्यू लाईन पर्फेक्सन / आर्केल | उच्च पहाड मध्य पहाड तराई 
 | चैत्र वैशाख भाद्र-असोज भाद्र-असोज | जेष्ठ-भाद्र असोज मंसिर 
 असोज कार्तिक | 
बीउ दर
सिक्किम, न्यू लाईन पर्फेक्सन ३ किलो र आर्केल ४ किलो प्रतिरोपनी ।
बीउ रोप्ने दूरी
न्यू लाईन पर्फेक्सन र सिक्किम हारको फरक ४५ से.मि. बोटको फरक- १५ से.मि. आर्केल हारको फरक ३० से.मि. बोटको फरक १५ से.मि.
सिचाई र गोडमेल
बीउ छर्नुभन्दा पहिले खेतबारीमा पानी पटाउने र राम्रो चिस्यान कायम भएको बेलामा बीउ छर्नुपर्छ। उम्रेको २०-२५ दिनमा दोश्रो पल्ट पानी पटाउनुपर्छ। त्यसपछि आवश्यकता अनुसार पानी लगाउनुपर्छ। अग बालीको तुलनामा यो बालीलाई कम पानी चाहिन्छ भारपात देखिनासाथ कुटो अथवा कोदालोले हल्का गोडाइ गर्नुपर्छ।
बाली लिने
नरम कलिलो तर राम्रोसित भरिएको कोसाहरू टिप्नुपर्छ। बाली अवधिभर कममा पनि पटक कोसा टिप्नुपर्छ ।
उत्पादन
२००-५०० किलो हरियो कोसा प्रतिरोपनी उत्पादन हुन्छ । बाली संरक्षण असलाई सेतो दूसी रोग, सिन्दुरे रोग र चोट ओईलिने रोग बढि लाख सेतो दुखी रोग रोकथाम गर्न औषध २-३ मिलिलिटर १ लिटर पानीमा मिलाई छर्ने । सिन्दुरे रोग रोकथाम गर्ने निलोतुथो र चुनाको सम्मिश्रण पानीमा घोली छ र बोट ओइलिने रोग रोकथाम गर्न यस्तो रोग लागेको खेती गर्नुपर्छ मला मुख्य कौराहरूमा लाही र कासामा प्वाल पर्ने हुन् लाहीलाई घरेलु विषारी वा बुधान मिलिलिटर १ लिटर पानीमा मिसाई छर्नुपर्छ ।
जातहरु
केराका धेरै जातहरु नेपालमा खेती गरिन् तापनि तीन प्रमुख छन्
१ न्यू लाईन पर्फेक्स-पछौंटे जात हो । ढुसी रोग कम लाग्छ ।
२ अर्केल-अगौंटे जात ।
३ सिक्किम-पछौंटे जात वर्षत मौंसमको लागि प्रचलित छ ।
स्रोत :- तरकारीबाली विकास केन्द्र, खरमलटार ललितपुर


 
										 
												 
												 
												 
												 
												 
												
 
											 
											 
											 
											 
											 
											
