काठमाडौँ । गत आर्थिक वर्षमा एक अर्बभन्दा बढीका काँजु नेपाल भित्रिएको छ । नेपालमै पनि उत्पादन हुने काँजु ‘ड्राइ फुड्स’ अन्तर्गत पर्छ । भन्सार विभागले सार्वनजनिक गरेको आव ०७७–७८ को तथ्यांक विवरणका अनुसार, करिब एक अर्ब १७ करोड २३ लाख २० हजारको काँजु भित्रिएको छ । एक हजार तीन सय चार मेट्रिक टन काँजु नेपालमा आयात भएको भन्सार विभागको तथ्यांकले देखाँउछ ।
आ।व ०७६–७७ सँग तुलना गर्ने हो भने, करिब ३० करोड आठ लाख ११ हजार बढी कारोबार काँजुमा देखिएको छ । आ।व ०७६–७७ मा भने, करिब ८७ करोड १५ लाख नौ हजार मूल्य बराबरको एक हजार ४९ मेट्रिक टन काँजु आयात भएको छ ।
भारत मुख्य आयातकर्ताः ४५ देखि ५० प्रतिशत आयात हिस्सा
नेपालमा मुख्यतस् भारत, साउदी अरब, भियतनाम, नाइजेरिया, मोजाम्बिक्यु, युएई आदि देशबाट काँजु ल्याउने गरिन्छ । जसमा सबैभन्दा बढी आयात गर्ने देश हो, भारत । करिब पाँच सय ६५ मेट्रिक टन काँजु आव ०७७–७८ मा आए । रकमान्तर गर्दा उक्त करिब ५० करोड ७७ लाख ७२ हजार बराबरको रकम काँजुका लागि भारत भित्र्ने गरेको छ ।
अन्य देशको तुलनामा भारतबाट अनुमानित ४५ देखि ५० प्रतिशत काँजु अन्य आयात बढी छ । त्यस्तै, सबैभन्दा कम आयात हुनेमा भने, साउदी अरब, नाइजेरिया, युएई रहेका छन् । उक्त देशहरूबाट थोरै रकममा मात्र कारोबार भइरहेको छ ।
भारत पश्चात सबैभन्दा बढी काँजु नेपाल आयात गर्ने देशका मोजाम्बिक्यु पर्छ । आ।व ०७७–७८ मा, दुई सय ५२ मेट्रिक टन काँजु नेपालमा निर्यात गरेको छ । उक्त परिमाण रकमान्तर गर्दा १९ करोड ६३ लाख ९५ हजार नेपाली रकम हुन्छ ।
मसला तथा फलफूलमा आत्मनिर्भर हुने सक्ने प्रचुर सम्भाव्यता हुँदाहुँदै पनि वर्षेनी नेपालबाट फलफूल आयातमै अरबौँ रकम निकासी हुने गरेको छ ।




