
रेखा जोशी
काठमाडौँ, ७ चैत । अझै पनि ‘बीमा गर्न सजिलो दाबी भुक्तानी लिन गाह्रो’ भन्ने कुरा सुन्नमा पाउँछौँ । सामान्यता बिमा गरेको व्यक्तिले दाबी भुक्तानी लिन कम्पनीमा जाँदा पुर्याउनुपर्ने प्रक्रिया पूरा नगरेको तथा कागजात पूरा नभएकोले दाबी भुक्तानीमा ढिलाइ हुने गरेको बीमा कम्पनीको भनाई छ । प्रक्रिया पूरा गरेर गरिएको दाबी र आवश्यक कागजात पुगेको अवस्थामा बिमा दाबी भुक्तानी लिन त्यति गाह्रो छैन । तोकिएको समयभित्र दाबी भुक्तानी नगर्ने कम्पनीहरूलाई बिमा समितिले कारबाही पनि गर्ने गर्छ त्यसैले पछिल्लो समय बिमा कम्पनीहरू दाबी भुक्तानीमा आनाकानी गर्न छोडेका छन् । कतिपय व्यक्तिहरूलाई दाबी भुक्तानी कसरी लिने भन्ने जानकारी नभएकोले अन्योल भएको पनि हुन सक्छ । त्यसैले हामीले बाली तथा पशुपक्षी बीमा गर्ने किसानहरूले बीमा दाबीका लागि के कस्तो प्रक्रिया अपनाउनुपर्छ भनेर जानकारी दिने प्रयास गरेका छौँ ।
क्षति भएको कति दिन भित्र क्षतिपूर्ति पाइन्छ ?
पशु पक्षी वा बाली नोक्सान भएको ३ दिन भित्र कृषकले बीमा अभिकर्ता, कृषक समूह÷ सदस्य संस्थाको प्रतिनिधिलाई जानकारी गराउनू पर्छ र १५ दिन भित्र प्राविधिकबाट प्रमाणित गराएको प्रमाण पत्र, सक्कल बीमालेख र सर्जमिन मुचुल्का पेस गरेपछि ठांउ हेरी बढीमा एक महिना भित्र क्षतिपूर्ति उपलब्ध गराइन्छ । बीमा अवधि समाप्त भएको रहेछ भने नवीकरण गराउनू पर्छ । अन्यथा क्षतिपूर्ति पाइने छैन ।
दाबी सम्बन्धी प्रक्रियाको लागि आवश्यक कागजातहरू :
सीमितबाट क्षतिको सूचना प्राप्त गरेपछि दाबी भुक्तानी प्रक्रियाको लागि बीमकले बीमितसङ्ग देहाय बमोजिमको कागजातहरू माग गर्नु पर्नेछ ।
– पूर्ण रूपले भरिएको दाबी फाराम,
– पूर्ण क्षतिको हकमा सक्कल बीमालेखको प्रति र आंशिक क्षतिको हकमा बीमालेखको छाँयाप्रति
– सर्जमिन मुचुल्का (मुचुल्कामा हस्ताक्षर गर्ने सबैको नाम थर, ठेगाना र सम्पर्क नम्बर समेत) स्थानीय तहको वडा कार्यालयको सिफारिस
– सम्बन्धित बीमालेखमा उल्लेख भए बमोजिमको अद्यावधिक अभिलेखको प्रति ९२० दाबी भुक्तानीका लागि बीमकले बीमालेख बमोजिमका अन्य आवश्यक कागजात माग गर्नु पर्ने भएमा उपदफा ९१० बमोजिमका कागजातहरू सँगै माग गर्नु पर्नेछ।
दाबी फछ्यौटः
– बीमकले आफू समक्ष परेको कृषि तथा पशुपन्छी बीमा दाबीको तत्काल छानबिन प्रक्रिया प्रारम्भ गर्नुपर्नेछ।
– बीमा दाबी सम्बन्धी जानकारी वा सूचना प्राप्त भए पछि बीमकले दाबी भुक्तानी प्रक्रिया पूरा गर्न सीमितलाई सहयोग गर्नु पर्दछ।
– बीमकले उपदफा ९१० बमोजिम कृषि तथा पशुपन्छी बीमाको दाबी सम्बन्धी आवश्यक कागजात प्राप्त भएपछि (बीमक आफैँले क्षति मूल्याङ्कन गर्ने अवस्थामा बाहेक) सीमितले क्षतिको जानकारी दिएको बढीमा सात दिन भित्र क्षति मूल्याङ्कनकर्तालाई खटाउनु पर्नेछ ।
– कृषि तथा पशुपन्छी बीमा क्षति मूल्याङ्कनकर्ताले बीमा गरिएको वस्तुको क्षति स्पष्ट देखिने गरी विभिन्न कोणबाट आफैँले खिचेको कम्तीमा पाँच वटा फोटो र कम्तीमा तीन मिनेटको भिडियो क्लिप क्षति मूल्याङ्कन प्रतिवेदनसँगै संलग्न गरेको हुनुपर्नेछ।
– कृषि तथा पशुपन्छी बीमा क्षति मूल्याङ्कनकर्ताले आफूलाई क्षति मूल्याङ्कन गर्न खटाएको पन्ध्र दिन भित्र भौतिक वा विद्युतीय स्वरूपमा क्षति मूल्याङ्कन प्रतिवेदन तयार गरी बीमक समक्ष पेस गर्नु पर्नेछ।
– क्षति मूल्याङ्कनकर्ताले गलत मूल्याङ्कन गरेको वा यस निर्देशिकाको बर्खिलाप हुने गरी कुनै कार्य। गरेको पाइएको खण्डमा बीमकले समितिको स्वीकृतिमा पुनः अर्को मूल्याङ्कनकर्तालाई क्षति मूल्याङ्कनका लागि खटाउन सक्नेछ।
– बीमक आफैँले क्षति मूल्याङ्कन गर्न सक्ने अवस्थामा समेत उपदफा (५) बमोजिमको अवधि भित्र क्षति मूल्याङ्कन गरी सक्नु पर्नेछ।
बीमालेख के के कारणले रद्ध हुन सक्छ ?
– बीमित पशु पक्षी वा बालीको सम्बन्धमा लुकाइ छिपाइ झूटा विवरण दिइएको पाइएमा रद्ध हुनेछ ।
– बीमकलाई जानकारी नदिई अवधि समाप्त नहुदैं पशु पक्षी वा बाली विक्री गरेमा वा अन्य कुनै कारणले हक छाडी हस्तान्तरण गरेमा बीमालेख स्वतः रद्ध हुनेछ ।
– बीमित पशु पक्षी वा बाली कुनै वित्तीय संस्थाबाट ऋणमा लिएको अवस्थामा उक्त ऋण चुक्ता भई बीमित पश पक्षी वा बाली विक्री भएको अवस्थामा बीमालेख स्वतः रद्ध हुनेछ ।
बीमित पशु पक्षी वा बालीको दाबी नलाग्ने अवस्थाहरू के के हुन् ?
– बीमित पशु पक्षी वा बाली हराएमा वा चोरी भएमा ।
– निर्धारित अवधिभित्र दाबी प्रक्रिया सुरु नगरेमा ।
– बीमित पशु पक्षी वा बालीको बीमाशुल्क नबुझाएको अवस्थामा वा नवीकरण गर्नुपर्ने बीमालेख समाप्त भएको ७ दिनभित्र नवीकरण गरी तोकिएको संस्थामा बीमाशुल्क प्राप्त नभएमा ।
– बीमित पशु पक्षी वा बालीको शरीरमा लगाई राखिएको सङ्केत पट्टा मृत पशुधनको शरीरमा नभेटिएमा ।
– बीमित पशु पक्षी वा बालीको शरीरमा राखिएको सङ्केत पट्टा कुनै कारण विशेषले हराएमा सोको जानकारी तत्काल बीमक वा तोकिएको संस्थालाई नगराएमा ।
– चरन, स्वास्थ्य उपचार र प्रजनन प्रयोजनको लागि मात्र गोठदेखि पाँच किलोमिटर भन्दा बढीको दुरीमा दुर्घटना भएमा ।
– बीमकको सहमति बेगर पशुपन्छीलाई जुन प्रयोजनको लागि ल्याएको हो सो बाहेक अन्य प्रयोजनमा प्रयोग गरेमा ।
– पन्छीमा बर्डफ्लू भएमा ।
कस्तो अवस्थामा क्षतिपूर्ति पाइन्छ ?
बाली रोपियो अथवा छरियो तर बालीले फल दिएन भने त्यस्तो अवस्थामा क्षतिपूर्ति पाइँदैन । बिउको समस्या हो भने आफैँले नै कभर गर्नुपर्ने हुन्छ । सामान्य विषयहरु आफैँले व्यहोर्नुपर्ने हुन्छ । तर रोग ब्यादी, बाढी, पहिरो, चट्याङ, असिना आदीले असर गरेको छ भने त्यस्तोमा बीमाले नै कभर गर्छ । त्यस्तै, बीमित पशू पंक्षी वा बाली हराएमा वा चोरी भएमा, निर्धारित अवधिभित्र दाबी प्रक्रिया सुरु नगरेमा, बीमित पशू पंक्षी वा बालीको बीमाशुल्क नबुझाएको अवस्थामा वा नवीकरण गर्नुपर्ने बीमालेख समाप्त भएको ७ दिनभित्र नवीकरण गरी तोकिएको संस्थामा बीमाशुल्क प्राप्त नभएमा भुक्तानी पाइँदैन । बीमित पशु पंक्षी वा बालीको शरीरमा लगाई राखिएको सङ्केत पट्टा मृत पशुधनको शरीरमा नभेटिएमा पनि बीमा कम्पनी दाबी भुक्तानीका लागि बाध्य हुने छैन । बीमित पशू पंक्षी वा बालीको शरीरमा राखिएको सङ्केत पट्टा कुनै कारण विशेषले हराएमा सोको जानकारी तत्काल बीमक वा तोकिएको संस्थालाई नगराएमा, चरन, स्वास्थ्य उपचार र प्रजनन प्रयोजनको लागि मात्र गोठदेखि ५ किलोमिटर भन्दा बढीको दुरीमा दुर्घटना भएमा अथवा बीमकको सहमतिबीना पशूपन्छीलाई जुन प्रयोजनको लागि ल्याएको हो सो बाहेक अन्य प्रयोजनमा प्रयोग गरेमा र पन्छीमा बर्डफ्लू भएमा बिमित भुक्तानी नपाउने व्यवस्था छ ।
कसरी दाबी माग गर्ने ?
बाली तथा पशुपक्षी बीमा अन्तर्गत बीमा गरिएको सम्पत्तिको क्षति भएको बीमा लेखमा तोकिएको समयमा वधिभित्र सीमितले बीमा कम्पनीलाई जानकारी गराउनु पर्ने व्यवस्था रहेको छ । पन्छी मरेमा दुई दिनभित्र, बालीको क्षति हानी–नोक्सानी भएमा तीन दिनभित्र, पशुधनको मृत्यु भएमा तीन दिनभित्र, माछा मरेमा दुई दिनभित्र बीमकलाई जानकारी दिनुपर्छ । जानकारी दिएको ४८ घण्टाभित्र बीमकले निरीक्षण गर्न सक्नेछ तर, क्षति न्यूनीकरण गर्न चालिएको कदमलाई यस प्रावधानले कुनै बाधा पुर्याउने छैन । बीमालेखले रक्षावरण गरेको जोखिमहरूका कारणबाट बीमितकोे बाली तथा पशुुपन्छिमा हानी भएमा सोको १५ दिनभित्र वा सो अवधिभित्र सम्भव नभएमा सोको कारण सहित संभव हुनासाथ यदि बैङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिएको भए बैङ्क वा सदस्य संस्था मार्फत अन्यथा बीमितको तर्फ सक्कल बीमालेख, (आंशिक क्षति भएको अवस्थामा बीमालेखको छाँया प्रति), पूर्ण रूपले भरिएको दाबी फाराम, सम्बन्धित बाली तथा पशुपक्षी बीमा अकिर्ता (प्राविधिक) को प्रतिवेदन, सम्बन्धित गा.पा वा न.पा.वा नजिकको २ जना छिमेकीको सर्जमिन मुचुल्का, अद्यावधिक अभिलेख (माछा र पन्छी को हकमा), सरकारबाट मान्यता प्राप्त प्रयोगशालाद्वारा प्रमाणित गरिएको प्रमाण–पत्र (माछाको हकमा), आवश्यकता अनुसार फोटो, प्राविधिकबाट उपचार गराएको कागजातसहित क्षतिपूर्ति माग गर्नुपर्छ ।
कृषि तथा पशुपन्छी बीमा अभिकर्ताले पालना गर्नुपर्ने कुराहरू :
– कृषि तथा पशुपन्छी बीमा अभिकर्ताले कृषि तथा पशुपन्छी बीमा अभिकर्ता सम्बन्धी कार्य मात्र गर्नुपर्ने
– कृषि तथा पशुपन्छी बीमा अभिकर्ताले बीमा समितिबाट प्राप्त बीमाको किसिम ९कृषि तथा पशुपन्छी बीमा० समेत खुलेको बीमा अभिकर्ताको इजाजत पत्र सधैँ साथमा राख्नु पर्नेछ र ग्राहकले चाहेमा त्यस्तो इजाजत पत्र देखाउनु पर्ने
– सीमितले आफू अभिकर्ता भएको बीमकको बारेमा जानकारी माग गरेको खण्डमा पुँजीगत संरचना, लगानी नीति, आर्थिक स्थिति आदिको बारेमा यथार्थ जानकारी गराउनु पर्ने ।
– सीमितलाई प्रस्ताव फाराममा खुलाउनु पर्ने सम्पूर्ण विवरणहरू खुलाउन लगाई त्यससँग सम्बन्धित कागजात सीमितबाट प्राप्त गरी बीमक समक्ष पेस गर्नु पर्ने ।
– कृषि तथा पशुपन्छी बीमाको लागि आवश्यक पर्ने प्रस्तावकले भर्नुपर्ने फारामहरु प्रस्तावकहरू स्वयंबाटै भराउनु पर्नेछ र यदि प्रस्तावक निरक्षर वा असमर्थ भए प्रस्तावकले विश्वास गरेको व्यक्तिबाट त्यस्ता फारामहरु भराउनु पर्ने
– सीमितलाई बीमालेखमा उल्लेखित सम्पूर्ण सर्त एवं सुविधा बारे पूर्ण रूपमा जानकारी गराउनुपर्ने ।
– बीमितको पेसा, सामाजिक हैसियत र स्तर बारे बीमकलाई छुट्टै जानकारी दिनुपर्ने।
– आवश्यकताअनुसार बीमकलाई अण्डरराइटिङ्ग कार्यका लागि आवश्यक पर्ने थप विवरण उपलब्ध गराउनुपर्ने । सीमितले अनुरोध गरेमा निर्दिष्ट समयमा बीमा शुल्क बुझाउने र बीमा अवधि समाप्त भएमा पुनः बीमा गर्न सहयोग गर्नु पर्ने ।
– बीमामा दाबी परेमा दाबी भुक्तानी सम्बन्धमा सीमितलाई सहयोग गरी समन्वयकारी भूमिका निर्वाह गर्नु पर्ने ।
कृषि तथा पशुपन्छी बीमा अभिकर्ताले गर्न नहुने कुराहरुः
– कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको इजाजत पत्र प्राप्त नगरी वा इजाजत पत्र नवीकरण नगरी बीमालेख बिक्री गर्न।
– बीमितबारे आफूले थाहा पाएको कुनै पनि बीमासंग सम्बन्धित आवश्यक विवरणहरू सम्बन्धित बीमकलाई नबताई लुकाउन।
– बीमित बारेको आफूलाई जानकारी भएको विवरणहरू सम्बन्धित बीमक बाहेकका व्यक्ति वा संस्था सामु प्रकट गर्न ।
– बीमित प्रति दुर्व्यवहार गर्न। सीमितलाई अनावश्यक करकाप गर्न ।
– सीमितलाई प्रलोभनमा पार्न आफूले प्राप्त गर्ने कमिसनको कुनै पनि अंश दिन वा दिन्छु भनी कबोल गर्न ।
– अस्वस्थ प्रतिस्पर्धा गरी अन्य बीमा अभिकर्ताको व्यवसायमा अनावश्यक दखल पुर्याउन ।
– कृषि तथा पशुपन्छी बीमा अभिकर्ता९संस्थागत कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको कार्यकारी प्रमुख बाहेकले कुनै पनि बीमकको तलबी कर्मचारी भई काम गर्न ।
– आफू अभिकर्ता भएको बीमकको संस्थापक, सञ्चालक हुन वा एक प्रतिशत भन्दा बढी शेयर धारण गर्न ।
– आफू, आफ्नो एकाघर परिवार वा नजिकको नातेदारको बीमा गराउन
– आफू अभिकर्ता नभएको कुनै पनि बीमकको बारेमा गलत प्रचार प्रसार गर्न ।
– आफ्नो पेसागत व्यवसाय सञ्चालन गर्दा अन्य प्रचलित कानुन उल्लङ्घन गरी व्यवसाय गर्न ।
बीमा दाबी भुक्तानी नपाएको खण्डमा के गर्ने ?
सामान्यतया यस्तो अवस्था आउँदैन तर दाबी रकम वा भुक्तानी सम्बन्धमा कुनै विवाद सिर्जना भए बीमा नियमावली २०४९ को नियम ३३ बमानेजिम बीमा समितीमा ६० दिनभित्र उजुरी गर्न सकिन्छ र यसको समाधान बीमा समितीले गर्ने छ ।