२०८२ कार्तिक १८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

डुमरलाल मेहता

देवानगञ्ज । सुनसरी देवानगञ्ज गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि ६३ करोड ३५ लाख ७२ हजार ३ सय २६ रुपैंयाको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
शुक्रबार एघारौँ गाउँ सभाबाट देवानगञ्ज गाउँपालिकाकी उपाध्यक्ष कुमारी विभा यादवले २०७९/०८० का लागि ६३ करोड ३५ लाख ७२ हजार ३ सय २६ रुपैंयाको अनुमानित बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।
जसमा चालु खर्चतर्फ ३५ करोड ७४ लाख ९५ हजार ६ सय ८६ र पुजिगत खर्चतर्फ २७ करोड ६० लाख ७६ हजार ६ सय ४० गरी जम्मा ६३ करोड ३५ लाख ७२ हजार ३ सय २६ रुपैंयाको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको उपाध्यक्ष यादवले बताउनुभयो ।
सातै वडाहरु लागि ३ करोड ५० लाख बजेट विनियोजन गरेको उपाध्यक्ष यादवले जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम पेश गर्दै गाउँपालिकाले ‘कृषि, शिक्षा पर्यटन र उद्योगमा अगाडी, स्वस्थय, सुन्दर, समतामुलक संमृद्ध ’देवानगंजको मुल नारा लिएको बताउनुभयो । गाउँपालिकामा विकासका आधारभूत आवश्यक्ताहरू समेत नभएको अवस्थामा आगामी आर्थिक वर्ष शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार तथा रोजगारीलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाइएको जानकारी दिनुभयो।

गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० मा संघीय सरकारबाट ६३ करोड ३५ लाख ७२ हजार ३ सय २६ रुपैंया बजेट प्राप्त गरेको जनाउँदै गाउँपालिका अध्यक्ष मेहताले अन्य पालिकाहरूको भन्दा कम बजेट प्राप्त भएतापनि जनताका आधारभूत आवश्यक्ता र विकासका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने जानकारी दिनुभयो ।

गाउँपालिकासँग आफ्नो आम्दानीको श्रोत सिमित भएकाले संघीय सरकारसँग भरपर्नु पर्ने बताउँदै अध्यक्ष मेहताले सिमित बजेटका बाबजुद पनि काम गर्ने बताउनुभयो।

कोभिड–१९ बाट सिर्जित भएको र हुनसक्ने स्वास्थ्य संकट व्यवस्थापन गर्ने, कृषि क्षेत्रमा आधुनिकीकरण एवं व्यवसायीकरण गरेर उत्पादनमा आधारित अनुदानको व्यवस्था गर्ने, सामुदायिक शिक्षाको सुधार गर्ने, अति आवश्यक भौतिक पूर्वाधारको विकास गर्ने, गाउँपालिकाबाट प्रवाह हुने सेवाहरुलाई सुस्त दुरुस्त, सरल, सहज र प्रविधिमैत्री बनाउने नीति लिइएको गाउँपालिका अध्यक्ष मेहताले बताउनुभयो ।

यसैगरी, गाउँपालिकाको कामकारवाही प्रति नागरिकहरूको भरोसा बृद्धि गर्ने, लक्षित वर्गका लागि मुलप्रवाहिकरण सशक्तिकरण र रोजगारी सिर्जना गरी आत्मनिर्भर बनाउने पालिकामा रहेका स्वास्थ्य संस्थाहरूलाइ स्तरोन्नति गर्ने, सेवा प्रवाह बढाउने, युवाहरूको व्यक्तित्व विकास, क्षमता विकास गर्न यथोचित कार्यक्रम ल्याइने, खेलकुद क्षेत्रको विकासका लागि खेल मैदानलाई क्षेत्रियस्तरको रंगशालाको रुपमा विकास गर्ने, गाउँमै रोजगारीको अवसरहरु वृद्धि गराउने जस्ता कार्यक्रमहरु तयार पारिएको अध्यक्ष मेहताले जानकारी दिनुभयो । शैक्षिक क्षेत्रलाई सुधारगरी ११ कक्षा अध्ययन गरिने विपन्न दलित छात्रहरुलाई १० हजार छात्रबृती दिने गाउँपालिकाको अध्यक्ष मेहताले जानकारी दिनुभयो ।
विपन्न, दलित, तथा गरिबीको रेखामुनी रहेका जनताको जिवनस्तर, सीपमुलक, रोजगार मुलक कार्यक्रम तयार गर्ने र समाजमा विद्यमान सबैखाले विभेद, महिला तथा बालबालिकामाथि हुने हिंसाको अन्त्यका लागि अभियान सञ्चालन गर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!