२०८२ कार्तिक १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सुनसरी । दुहवी रंगशालाको कवर्डहलमा जारी सुनसरी क्षेत्र नं. ३ को मतगणनामा बिहीबार राती कांग्रेस उम्मेदवार बिजयकुमार गच्छदार चोर बाटोबाट मतगणना स्थलमा प्रवेश गर्न थालेपछि तनाब उत्पन्न भएको छ ।

राती करिब ११ बजेको समयमा कबर्डहल सँगै रहेको सशस्त्र प्रहरीको बेस क्याम्पको पूर्वतर्फ लगाइएको बाँसको घेराबार बाट गच्छदार छिर्न खोजेपछि मतगणना स्थलमा रहेका स्थानीय तथा नेकपा एमालेका कार्यकर्ताले घेराबन्दी गर्दै निकाला गरेका छन् ।

‘मतगणना स्थलमा प्रवेश गर्ने सिधा बाटो हुँदा हुँदै गच्छदार अध्यारोमा २, ३ जना कार्यकर्ता सहित आएर सशस्त्रको बेस क्याम्पबाट छिर्न खोजे, हामीले तपाई उम्मेदवार हो सिधाबाटोबाट जानुस यसरी चोरबाटो बाट जान दिँदैनौं भनेर नाराबाजी गरेपछि हच्किए ।’ मतगणना स्थलमा रहेका स्थानीय युवा सुरजजंग कट्वालले बताए ।
गच्छदार चोर बाटोबाट प्रवेश गर्न लाग्दा प्रमुख निर्वाचन अधिकृत उमाकान्त पौडेल समेत आएपछि माहौल झनै विग्रिएको थियो । गच्छदार प्रवेश गर्न लाग्दा अधिकृत पौडेल मतगणना स्थल छाडेर सशस्त्र प्रहरीको बेस क्याम्प भित्र नै आएर कानेखुसी गरेका थिए । स्थानीयले केरकार गर्न थालेपछि गच्छदारसँग रहेकाले ‘पिसाब फेर्न गएको’ भन्दै फर्किएका थिए ।

विगतका दुई वटा निर्वाचनमा पनि गच्छदारले ब्यापक धाँधली गरेको र यो पटक पनि गर्न सक्ने भएकाले नेकपा एमालेका कार्यकर्ता सँगै स्थानीय जनता पनि मतगणना स्थलमा निगरानी गर्दै बसेका छन् । ‘गच्छदारलाई हार स्वीकार गर्न गाह्रो भइरहेको छ । इटहरीका आफ्नै पकड एरियामा कम मत आएपछि उसको छटपटी बढेको छ । दुहवीको खानेपानी कार्यालयमा अड्डा जमाएर बस्दै धाँधली र जालझेलको सड्यन्त्र बुनिरहेको छ ।’ मतगणना स्थलमा रहेका एक एमालेका कार्यकर्ताले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!