२०८२ कार्तिक १८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

बिराटनगर, ९ जेठः अन्नपूर्ण गाउँपालिका–८, नागीमा युवाहरूलाई चोयाबाट सामग्री बनाउने परम्परागत सीप प्रदान गर्न तालिम सञ्चालन गरिएको छ ।

मौलिक कला र परम्परागत सीपको संरक्षण गर्दै वातावरणमैत्री उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले अन्नपूर्ण गाउँपालिकाले गरिबी निवारण अन्तर्गत लघु उद्यम विकास कार्यक्रममार्फत तालिम सुरु गरेको हो। जेठ ५ गतेदेखि सुरु भएको तालिम २४ गतेसम्म सञ्चालन हुनेछ ।

तालिममा १७ जना सहभागी छन् । उद्यम विकास सहजकर्ता विष्णु गौतमका अनुसार तालिममा निगालो र बाँसको चोयाबाट डोका, नाङ्लो, डाली, थुन्से, भकारी, नाम्लो र दाम्लो बनाउन सिकाइँदैछ। प्रशिक्षकको रूपमा रघुगङ्गा गाउँपालिका–७, चिमखोलाका अनिल पाइजा रहेका छन्, जो निगालोबाट आकर्षक डोका बनाउन सिपालु मानिन्छन ।

फ्लास्टिकका सामग्रीका कारण बढ्दो प्रदूषणलाई मध्यनजर गर्दै वातावरणमैत्री विकल्पका रूपमा चोयाबाट बनेका सामग्रीको प्रयोग प्रोत्साहन गर्न तालिम सुरु गरिएको उपाध्यक्ष दिवा तिलिजा पुनले जानकारी दिए ।

उनका अनुसार एक थान डोकाको बजार मूल्य रु १,००० देखि २,५०० सम्म पर्छ । गाउँमै उपलब्ध कच्चा पदार्थ प्रयोग गरी आत्मनिर्भरता बढाउने, प्लास्टिकजन्य वस्तुको आयात घटाउने र आम्दानीको नयाँ अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!