२०८२ आश्विन १४       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

अजय मण्डल
विराटनगर, ३१ चैत । न्यूरो कार्डियो तथा मल्टिस्पेसियालिटी हस्पिटल विराटनगरका वरिष्ठ न्यूरोसर्जन तथा समाजसेवी डा. यमबहादुर रोका सुप्रवल जनसेवाश्री पदकबाट विभूषित भए । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा डा. रोक्कालाई सम्मान गरेकी थिइन् ।

मंगलबार पत्रकार सम्मेलन गर्दै डाक्टर रोकाले आफूले पाएको सम्मान र पदक शुभचिन्तकलाई समपर्ण गरेको बताए । डा रोकाले २०६६ सालबाट न्यूरो सर्जरी सेवा सुरु गरेका थिए । धरानबाट आफ्नो चिकिस्तकीय सेवाको सुरुवात गरेका डा. रोकाले भारतबाट आफ्नो अध्ययन पूरा गरेका थिए ।

No description available.

त्यसपछि उनले आफ्नो कार्यको सुरुवात धरानबाट गरे । आफ्नो काम गर्दागर्दै २०६६ सालमा उनलाई यस न्यूरो अस्पतालका अध्यक्ष डा. वीरेन्द्रकुमार विष्टसँग धरानमा भेट भयो । त्यो समयमा न्यूरो सर्जरी प्रदेश नं १ मा कुनै ठाउँमा थिएन ।

न्यूरो सर्जरीको सेवा लिन बिरामीहरु भारतको सिलिगुडी जाने गर्थ्यो र चर्को मूल्य तिर्न बाध्य हुन्थे सेवाग्राही । त्यी कुराहरूलाई मध्य नजर गर्दै न्यूरो हस्पिटलमा न्यूरो सर्जरी सेवाको सुरुवात भएको थियो ।

उनले आफ्नो कुरा राख्दै भने, ‘न्यूरो सर्जरीको अभावमा पूर्व क्षेत्रका सेवाग्राहीले सिलगुडी जानुपर्ने तथा दुर्घटनाबाट अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता कम गर्न हामी सफल भएका छौं । मसँग सिकेका ७ जना चिकिस्तकहरु अहिले न्यूरो सर्जन भइसकेका छन् भने प्रदेश न १ मा १६ देखि १७ जना न्यूरो सर्जनहरु कार्यरत छन् ।’

‘मेरो कार्यको उच्च मूलयाङ्कन गरेर मलाई नेपाल सरकारले स्वर्ण पदकबाट सम्मानित गर्यो । म एउटा कवि पनि हुँ मैले जम्मा अहिलेसम्म विभिन्न विषयमा १०८ वटा कविताहरु लेखेको छु’, उनले थपे ।

उनले ११ वर्षभन्दा बढि समयदेखि विराटनगरमै सेवा दिईरहेका छन् । नेपालमा न्यूरोसर्जरी सुरु भएपछि पूर्वाञ्चलमा पहिलो न्यूरोसर्जरी सेवा दिने उनी नै पहिलो डाक्टर हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!