२०८२ कार्तिक १४       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं– आगामी सोमाबार (असार ७) देखि बैंक तथा वित्तीय संस्था पूर्ण रुपमा सञ्चालनमा आउने भएका छन्। नेपाल बैंकर्स संघको बिहीबार सम्पन्न कार्यसमितिको बैठकले आगामी सामेबारदेखि सबै खाले बैंकिङ कारोबार गर्ने निर्णय गरेको हो।

कोरोना सङ्क्रमणले गर्दा झन्डै दुई महिनासम्म सीमति सेवा दिँदै आएका बैंकहरु अब स्थानीय प्रशासनको निर्देशनअनुसार पूर्ण रूपमा सञ्चालन हुने संघका कार्यकारी निर्देशक अनिल शर्माले बताए।

निषेधाज्ञा खुुकुलो हुँदै गएकाले असार ७ गतेपछि बैंकहरू पूर्ण रूपमा चलाउने निष्कर्षमा बैंकरहरू पुगेका हुन्। अहिले निषेधाज्ञा कारण आलोपालो गरी खुलेका शाखाहरुले निक्षेप झिक्ने र राख्ने सेवा मात्र उपलब्धगराएका छन्।

सोमबारदेखि ५० हजारभन्दा कमको निक्षेप पनि स्वीकार गरिने संघले निर्णय गरेको छ। यसअघि बैंकमा भीडभाड बढेको भन्दै राष्ट्र बैङ्कको सहमतिमा ५० हजारभन्दा कमको निक्षेप नलिने निर्णय भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!