२०८२ कार्तिक १४       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १८ असार । सुनसरीमा एकजना वडाध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष न बनाउँदा प्रधानाअध्यापकमाथि आक्रमण भएको छ । सुनसरीको बर्जु गाउँपालिका १ स्थित रामगञ्ज बेलगछियाको शुक्रबारेमा रहेको नजदुर्गा माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउने विषयमा विवाद हुँदा प्रधानाध्यापक ३८ वर्षिय कनचन मण्डलमाथि कुटपिट भएको हो ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष छनोटको विषयमा उनीमाथि हातपात भएको हो । अभिभावकबाट छनोट भएका प्रतिनिधि, शिक्षक प्रतिनिधि र वडा अध्यक्ष श्यामकुमार गुरुङसहभागि बैठकमा प्राधानाध्यापक आफूमाथि कुटपिट भएको उनले बताए ।

नयाँ व्यवस्थापनसमितिको बैठकमा अध्यक्ष कसलाई बनाउने भन्ने विवाद थियो । वडा अध्यक्ष गुरुङले अध्यक्षमा दाबी गरेपछि अर्काे बैठकमा अध्यक्ष टुङ्गो लगाउने सहमति भएको थियो । तर एक्कासी बैठक कक्षमा प्रवेश गरेका यूवाहरुले वडा अध्यक्ष गुरुङलाई व्यवस्थापन समिति अध्यक्ष बनाउन दवाब दिए । नमानेपछि आफूमाथि आक्रमण भएको प्राधानाध्यापक मण्डले बताए । वडा अध्यक्षको निर्देशनमा आफूमाथि कुटपिट भएको उनले बताए ।

यता वडा अध्यक्ष गुरुङले भने आफूमाथि अनावश्यक आरोप लगाएको बताएका छन् । कार्यपालिकाको बैठक भएकाले विद्यालय व्यवस्थापन समितिको छलफलबाट आफू चाडै निस्किएको बताउँदै उनले आफूमाथि अनावश्यक आरोप लगाइएको बताए ।

यसैगरी, शिक्षक सङ्गठनहरुले भने शिक्षक कुट्ने कुटपिट गर्नेलाइ कारवाहीकाे दायरामा ल्याउन माग गर्दै विज्ञप्ति जारी गरेका छन् ।

विज्ञप्ति-

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!