 
							कृषि विकास निर्देशनालय गण्डकी प्रदेशले आर्थिक वर्ष ७७ /७८ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत विभिन्न कृषि कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि निर्देशनालयले सूचना प्रकाशित गरी गण्डकी प्रदेश अन्र्तगत रहेका कृषक समुह, कृषि सहकारी संस्था, नीजि उद्यमी, कृषि फार्म तथा कम्पनीलाई सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र तोकिएको ढाँचामा सम्पूर्ण कागजात सहित सम्बन्धित जिल्लाका कृषि ज्ञान केन्द्र वा सम्पर्क कार्यलयमा निवेदन पेश गर्न आव्हान गरेको छ ।
संचालन हुने कार्यक्रमहरु :
१. बीउ प्रशोधन केन्द्र सहयोग कार्यक्रम
२. नीजि सरकारी साझेदारीमा कृषि उपजको प्रशोधन एवं उद्योग स्थापना कार्यक्रम
३. फलफूल बगैंचामा नयाँ प्रविधिमा आधारित सिंचाई सहयोग कार्यक्रम
४. कृषि प्राविधिक शिक्षा अध्ययन गराउने सामूदायीक विद्यालयहरुमा ल्याब तथा फार्म स्थापना तथा संचालन सहयोग कार्यक्रम
५. बायोचर उत्पादन कारखाना स्थापना भवन निर्माण कार्यक्रम
६. प्राङ्गारिक मल उत्पादन कारखाना स्थापना भवन निर्माण कार्यक्रम
७. समुदायमा कृषि उपज उत्पादन कार्यक्रम
थप जानकारीका लागि :
०६१-५२०२७३, ०६१-५२०२६३, ०६१-५४०९८५
सूचना हेर्नुहोस :



 
										 
												 
												 
												 
												 
												 
												
 
											 
											 
											 
											 
											 
											
