२०८२ कार्तिक १८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

तौलिहवा। कपिलवस्तुमा अज्ञात समूहले गोली हानेर एक जनाको हत्या गरेको छ। हत्या हुनेमा मायादेवी गाँउपालिका(६ मदरहवाका ५५ वर्षीय राम समुझ भन्ने घुरहु पासी रहेको प्रहरीले जनाएको छ।

पासीलाई मायादेवी गाँउपालिका(५ को एक खाली घरमा गोली हानेर हत्या गरिएको प्रहरीले जनाएको छ। अज्ञात समूहले पासीको बायाँ तिघ्रामा गोली हानेको छ । पासीको शव कपिलवस्तु अस्पताल तौलिहवामा पोस्टमर्टमका लागि राखिएको छ।

गोलीहन्ने व्यक्ति फरार रहकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!