डुमरलाल मेहता
विराटनगर । समाचार फिचर लेखन सम्बन्धी ४ दिने पत्रकारीता तालिम सुरु भएको छ ।
आधारभुत पत्रकारीता सम्बन्धी तालिम लिइसकेका मोरङका सञ्चारकर्मी तथा प्रशिक्षार्थी पत्रकारहरुलाई समाचार फिचर लेखन सम्बन्धी ४ दिने पत्रकारीता तालिम सुरु भएको छ ।
४ दिने समाचार फिचर लेखन सम्बन्धी तालिमलाई नेपाल पत्रकार महासघका पुर्व अध्यक्ष डाक्टर सुरेस आर्चय र पत्रकार महासंघका कार्यक्रम सयोजक राम दाहालले असोज ४ गतेदेखि ७ गतेसम्म प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
नेपाल पत्रकार महासंघ मोरङ्ग शाखाको सहकार्य र नेपाल पत्रकार महासंघ केन्द्रिय समितिको आयोजनामा विराटनगरमा ४ दिने एडभान्स समाचार फिचर लेखन सम्बन्धी तालिम सुरु भएको पत्रकार महासंघ मोरङ शाखा अध्यक्ष संजिव खनालले बताउनुभयो ।
आयोजित ४ दिने तालिममा पुर्वी मोरङ, विराटनगर र सुनसरीका गरी २९ जना सञ्चारकर्मी तालिममा सहभागी भएको थियो ।




