२०८१ फाल्गुन १       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १४ कात्तिक । नेपालमा शुक्रबार कोरोना भाइरस (कोभिड–१९) संक्रमण हुनेकाे संख्याभन्दा धेरै निको भएका छन् । आज थप ३५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको १४ हजार ९८९ जनाको परीक्षणमा थप ३५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै कोरोना संक्रमितको संख्या एक लाख ६८ हजार २३५ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ रहेको छ ।

शुक्रबार थप ४ हजार ९६ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या एक लाख २८ हजार ९५८ पुगेको छ ।

आज थप १६ जनाको ज्यान गएसँगै कोरोनाबाट मृत्यु हुनेकाे संख्या ९२० पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!