
विराटनगर, २ चैत : नेपालका लागि नर्वेजियन राजदूत टोरून ड्रामदलले नेपालमा संसदको खुलापनलाई बढाउदै लानसकेमा संघिय लोकतन्त्रअझै बलियो भएर जाने बताएकी छन ।
युएनडिपी संसद सहयोग परियोजनाबारे बुझनकोसी प्रदेश आएकीड्रामदलले संसदीयपत्रकार मञ्चकोसी प्रदेशका टोली सँग विराटनगरमा भेटघाट गर्दै संसद खुला र पारदर्शी भएमा नागरिक मैत्री बन्दै जाने र त्यसले संघिय लोकतन्त्रलाई बलियो बनाउने बताएकीहुन ।
उनले संसद भनेको नागरिकहरुको आवाजको प्रतिनिधित्वगर्ने सर्बोच्च सँस्थाभएकोेले संसदको खुलापनलाई बढाउदै लानुपर्नेमाजोड दिइन । राजदुतड्रामदलले नेपालको लोकतन्त्र अन्यमुलुकहरुको तुलनामा उन्नत रहेको बताउदै प्रेस तथा अभिव्यक्त्ति स्वतन्त्रता र संसदको खुलापन पनि सन्तोषजनक रहेको बताईन । राजदुत ड्रामदलले कोसी प्रदेशमा संसदको खुलापनको अवस्था र पत्रकारहरुले भोग्नुपरेका समस्या प्राप्त गरेको सिकाईबारे राजदुतड्रामदलले जिज्ञासा राखेकी थिइन ।
उनको जिज्ञासामा संसदीय पत्रकार मञ्चकोसी प्रदेश अध्यक्ष गणेश लम्साल , मञ्चका सल्लाहकार विवेक गौतम , सचिवकुमार लुँईटेल, सहसचिव तारा आचार्य , कोषाध्यक्ष विनु तिम्सिना , सदस्यहरु राजु अधिकारी लगायतले ससदको खुलापनको अवस्था बढदै गएपनिअझै दिगोपन ल्याउनकालागि संबादको खाँचो रहेको सुझावदिएकाथिए । मञ्चकाअध्यक्ष गणेश लम्सालले कोसी प्रदेशको संसदमा रिर्पोटिङ गर्ने पत्रकारहरुले अझै धेरै चुनौतीको सामनागर्नुपरिरहेको र क्षमताअभिबृद्धिको खाँचो रहेको प्रस्टयाएका थिए । अध्यक्षलम्सालले संसदीय रिर्पोटिङमा महिला , दलित , मधेसी आदिसिमान्तकृत समुदायकापत्रकारहरुको पहुँच बृद्धि गरिनुपर्ने , कानुननिर्माणमा नागरिक सहभागीता बृद्धि गरिनुपर्ने , बिधेयकहरुमा नागरिक संबाद गराउनु पर्ने , जिल्लाका पत्रकारहरुलाई पनि संसदीय पत्रकारिताको महत्वबारे अभिमुखिकरण गरिनुपर्ने , बार्षिक छाँया प्रतिवेदनप्रकाशनगरिनुपर्ने र क्षमताअभिबृद्धिका लागिदिगो परियोजना सञ्चालनगरिनुपर्ने सुझावदिएकाथिए ।
पत्रकार भेटघाटमा नर्वेजियन राजुदताबासकी काउन्सिलर अनिलाखानले संसदको खुलापनलाई बृद्धि गर्न पत्रकार , सांसद , र सचिवालयहरु विच सहकार्य हुनुपर्ने र समस्यालाई सवाल बनाउने गरि समुदायमा संबादको परम्परा विकास गर्नु पर्नेमा जोड दिइन । संघ र प्रदेश सभा संसदमा खुलापन बढदै गएको तर अझै बढाएर लानुपर्ने काउन्सिलर खानको भनाई छ ।
भेटघाटमा नेपाल स्थित संयुक्त्त राष्ट्रसंघिय विकास परियोजना (युएनडिपी) की मेनेजर कल्पना सरदारले पत्रकारहरुको संसदमापत्रकारहरुको सहजपहुँच भएमात्र संसदको खुलापन बढदै जाने भएकोले क्षमताअभिबृद्धिका लागि युएनडिपीले आगामीदिनमा संसद सचिवालयलाई मात्र नभएर पत्रकारहरुलाई पनि सहयोग गर्नेगरि योजनानिर्माण गर्ने आश्वासनदिइन ।
भेटघाटमा यूएनडिपी संसद सहयोग परियोजनाका निर्देशक राजबहादुर श्रेष्ठ , टिम लिडर यामबहादुर किसान लगायतको सहभागीता रहेको थियो ।
राजदुत ड्रामदलको टोलीले बुधबार विराटनगर स्थित कोसी प्रदेश सभाका सभामुख बाबुराम गौतम , उपसभामुखश्रृजनादनुवार सहित सचिवालयसँग र त्यसपछि पुर्व सांसदहरुसँग भेटघाट गरि अन्र्तक्रिया गरेको थियो ।
नर्वे सरकारले संयुक्त राष्ट्रसंघीय विकास परियोजनाको संसद सहयोग कार्यक्रममार्फत संघ र प्रदेशमासंसदीयखुलापन र पारदर्शीताको पक्षमा सहयोग गर्दै आएको छ ।