२०८२ बैशाख ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर। मोरङको पूर्वी उतरी क्षेत्रमा आँखा पाक्ने रोगको संक्रमण महामारीका रूपमा फैलिदै गएपछि स्वास्थ्य सर्तकता अपनाउन वडा समिति कार्यालयले अपिल गरेको छ ।
पथरि र आसपासका क्षेत्रमा आँखा पाक्ने समस्या जटिल बन्दै जान थालेपछि रोग संक्रमित क्षेत्रका समुदायलाई पथरी शनिश्चरे वडा नं. ४ कार्यालयले यही साउन १७ गते वुधवार निशुल्क आँखा जाँच शिविर संचालन गर्न लागेको हो ।
केही दिन देखि महामारीका रूपमा फैलदै गएको आँखा पाक्ने संक्रमणबाटै सयौ व्यक्ती प्रभावित भएका छन ।
आफ्ना वडाबासीहरुमा आँखाको संक्रमण देखिएपछि वडा नम्बर ४ ले नोबेल मेडिकल कलेज विराटनगरसंगको सहकार्यमा आँखा जाँच शिविरको आयोजना गरेको वडा अध्यक्ष लोक नाथ न्यौपानेले बताए।

पथरी र आसपासका क्षेत्रमा आँखाको समस्याले प्रकोपकै रुप लिइरहेको बताउँदै अध्यक्ष न्यौपानेले भने,”पथरी र वरिपरिका क्षेत्रमा आँखाको समस्याले प्रकोपको रुप लिंदै गएको देखेपछि हामीले हाम्रा वडाबासिहरुका, लागि वडा कै आधारभुत स्वास्थ केन्द्रमै निशुल्क आँखा शिविर आयोजना गरेका हौँ ।”
वडाबासीको स्वास्थ्य प्रति गम्भीर देखिएको वडा समितिले विभिन्न महामारीको प्रकोप फैलदा यसैगरी निशुल्क स्वास्थय शिविर संचालन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!