२०८२ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

कोशी प्रदेशको गठबन्धन दललाई विश्वासको मत लिन सकस देखिएको छ । कहि नभएको जात्रा हाडी गाउँ भने जस्तै कोशी प्रदेशमा फेरी गन्धा राजनीति खेल सुरु भएको हो । प्रमुख प्रतिपक्षी दल एमाले कुनै पनि हालतमा गठबन्धन दललाई विश्वासको मत लिन नदिन जुनसुकै हतकण्डा अपनाउने रणनीतिमा पुगेको हो ।
कोशी प्रदेशका मुख्ययन्त्री उद्धव थापाले भोली भदौ ४ गते विश्वासको मत लिने कार्यक्रम छ ।
प्रमुख प्रतिपक्षी दल एमाले र प्रतिपक्षी दल राप्रपाका प्रदेश सभासदहरुले गठबन्धन दललाई विश्वासको मत लिनबाट बञ्चित गराउने प्रारम्भि रणनीति अनुसार आईतवार साझ ५ बजे सम्म ८ जना प्रदेश सभा सदस्य विदामा बसेका छन । प्रदेश सभा सदस्यहरुले संसद सचिवालयमा दर्ता गराएको विदाको पत्रमा भनिएको छ , मेरो घरायशी जरुरी काम भएको हुँदा प्रदेश सभाको चालु अधिबेशनका लागि केही बैठकहरुमा उपस्थित हुन असर्मथ छु । एकै पटक यती ठूलो संख्यामा विदा बस्नुले पनि अविश्वासको प्रस्तावलाई जसरी पनि फेल गराउने रणनीतिमा एमाले र राप्रपा पुगेको छ ।
विदामा बस्ने प्रदेश सभा सदस्यहरुमा बर्ष ७१ का रोहित बहादुर कार्की (एमाले) , बर्ष ६८ का अमरबहादुर बिष्ठ (राप्रपा) , बर्ष ६७ की मालती कुमारी लिम्बू –एमाले , बर्ष ६७ रामप्रसाद महतो –एमाले) , बर्ष ६७ की तारादेवी ढकाल(एमाले) , बर्ष ६७ का खडगबहादुर बस्नेत(एमाले) , बर्ष ६५ गोपालबहादुर विश्वकर्मा(राप्रपा) , र बर्ष ६४ का ज्ञानेन्द्र सुवेदी(एमाले) छन । बर्ष ६५ किशोर चन्द्र दुलाल(एमाले) भने विदेश भ्रमणमा रहेकाले पहिलेनै विदामा बसेका थिए ।
उपसभाुमख आईतवार साँझ ५ बजे सम्म विदामा बसेकी त छैनन तर उनले विश्वासको मत लिने दिन अर्थात भदौ ४ गते सचिवालय मार्फत विदा बस्ने वा राजिनामा दिने आकलन गरिएको छ । उपसभामुख विदामा बसे प्रदेश सभाको अध्ययक्षता जेष्ठ सदस्यको हैसियतले गर्नुपर्ने हुन्छ ।
कुल ९३ सदस्य रहेको प्रदेश सभामा १२ औ नम्वर सम्मका सदस्यहरु प्रमुख प्रतिपक्षी दल एमाले र राप्रपाका प्रदेश सदस्यहरु छन । संसदको अध्ययक्षता गर्नुपर्ने अवस्था आउन सक्ने पूर्व अनुमान अनुसार उनीहरु राजिनामा बसेको बुझिएको छ । जेष्ठ सदस्यको पहिलो सूचीमा परेका नेपाली काग्रेसका प्रदेश सभा सदस्य ८० बर्षिय गयानन्द मण्डल र १२ औ सूचि सम्म परेका बर्ष ६४ का कमलप्रदास जगेवु (नेकपा एस) लाई भौतिक पूर्वाधार मन्त्रीमा नियुक्ती भएका छन ।
प्रदेश सभा सदस्यहरुको विदालाई लिएर एमाले गठबन्धन दललाई विश्वासको मत नदिन उपसभामुखलाई विदामा बसाउने खेलमा पुगेको स्पस्ट देखिन्छ । संसद सचिवालयका सचिव गोपाल पराजुलीले आईतवार ५ बजेसम्म ८ जना माननीयहरु विदामा बसेको बताए ।
प्रदेश सभा सदस्यहरुले विदा बसेको पत्र एउटै फरम्याटको छ । व्यहोरा एउटै छ र उपसभाुमखको तोक पनि छ । प्रमुख प्रतिपक्षी दल एमालेका प्रमुख सचेतक रेवती भण्डारीले माननीयहरु विदामा बसेपनि उपसभामुखले आफ्नो कर्तव्य पुरा गर्ने बताउँछन ।
मुख्यमन्त्री थापाले ३ गते विश्वासको मत लिने भन्दै सूचना माग गरेकोमा उपसभामुख सृजना दनुवारले नै भदौ ४ गतेको समय उपलब्ध गराएकी हुन । समय उपलब्ध गराएपछि उनी उदयपुर स्थित घर गएकी थिईन । उनी सम्पर्क बाहिर छिन । कसैको फोन उठाएकी छैनन ।
उपसभामुख सम्पर्क बाहिर रहनु र एमाले र राप्रपाका जेष्ठ सदस्यहरु विदामा बस्नुले भदौ ४ गतेको विश्वासको मत लिने कार्य अन्यौल देखिएको छ ।
तर कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले उपसभामुखलेनै आह्वान गरेको कार्य व्यवस्था परामर्श समितिको बैठक भोली विहान ८ बजे बस्ने तय भएको बताउँछन । उनी भन्छन , उहाँले नै बोलाउनु भएको बैठकमा उपसभामुख कसरी नआउनु होला ? मलाई विश्वास लाग्दैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!