
विराटनगर, १७ कात्तिक । मदिरा सेवन गर्न बेलबारी–३ का २६ वर्षीय सुमन भनिने सुकमान तामाङलाई सोही ठाउँका चक्रबहादुर चौधरीले आफ्नै नातिनी सुम्पिएको प्रहरीको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको छ ।
सुकमानले पीडित बालिकाका हजुरबुबालाई मदिरा सेवन गर्न पैसा दिएर १३ वर्षीय नातिनीलाई जवरजस्ती करणी गरेको अनुसन्धानबाट खुलेको हो ।
इलाका प्रहरी कार्यालय बेलबारीले बलत्कार गरेको आरोपमा तामाङलाई र पैसा लिएर नातिनी सुम्पिने हजुरबुबालाई पनि पक्राउ गरेको छ ।
हजुरबुवाले पैसा लिएपछि तामाङले कार्तिक १३ गते बालिकालाई जवरजस्ती करणाी गरेको आरोप छ ।
बेलबारीस्थित मामाघरमा बस्दै आएकी पीडित बालिकालाई कात्तिक १३ गते राति ११ः४० बेलबारी नगरपालिका–१ अमना सिसौलीको जंगलमा सुकमानले करणी गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले सुकमान र ५० वर्षीय हजुरबुबा चक्रबहादुरलाई १४ गते साँझ ६ बजे पक्राउ गरी जबरजस्ती करणी मुद्दामा मोरंङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।