
विराटनगर २८ असाेज: छोटै समयमै राजनीतिक छलाङ्ग मारेर कोशी प्रदेशको मुख्यमन्त्री बन्न सफल भएका कांग्रेसकाे केदार कार्की आइतवार सपथ ग्रहण गरेका छन । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ्गले एक समारोहका विच कार्कीलाई पद तथ गोपनियताको सपथ ग्रहण गराए । प्रदेश प्रमुखले कार्कीलाई शनिवार विहान मुख्यमन्त्रीमा नियुक्ती गरेका थिए । मुख्यमन्त्रीले कार्कीले आईतवार नै कांग्रेसका शमशेर र एमालेका राम रानालाई विना विभागिय मन्त्रीमा नियुक्ती गरे । नवनियुक्त दुवै मन्त्री इलामबाट निर्वाचित प्रदेश सभा सदस्य हुन । प्रदेश प्रमुखले दुवै मन्त्रीलाई सोही समारोहमा सपथ ग्रहण गराए । सपथ ग्रहण समारोह पछि मुख्यमन्त्री कार्की विराटनगर स्थित कोइराला निवास गएर वीपी कोइराला , गिरिजा प्रदास कोइराला र नोना कोइरालाको तस्विरमा माल्यापर्ण गरेर मुख्यमन्त्री कार्यालय गए । र उनले आजै पदभार ग्हण गरि मन्त्रीपरिषदको बैठक गरे ।
सत्ता गठबन्धनको निर्णय विरुद्ध विद्रोह गर्दै कांग्रेस नेता कार्कीले एमालेको समर्थनमा कोशी प्रदेश सरकार गठन गर्न सफल भएका हुन । कांग्रेस इतर पक्षका रामकुमार खत्री , लीलाकुमारी राय , शमशेर राई , गोविन्द गिरी , इन्दिरा थापा , मानबहादुर लिम्बू , सुनिता गुरुङले कार्कीलाई मुख्यमन्त्री बनाउन साथ दिएका थिए । एमालेको ३९ र कांग्रेसबाट विद्रोह गरेका ८ जना प्रदेश सभा सदस्यको साथ लिएर कार्कीले संविद्यानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठन गर्न सफल भए । मुुख्यमन्त्री कार्कीले प्रदेशको समृद्धि र विकास आफ्नो पहिलो प्राथमिकता रहने बताए ।
कार्कीको सपथ ग्रहण समारोहमा कांग्रेस , माओवादी केन्द्र , एकिकृत समाजवादी र जनता समाजवादी पार्टीका कोही पनि प्रदेश सभा सदस्यहरु सहभागि भएनन । कांग्रेसका प्रदेश सभा सदस्य तथा पूर्व मुख्यमन्त्री उद्धव थापा र पूर्व मन्त्री हिमाल कार्की सपथ ग्रहण कार्यक्रममा मात्र सहभागि देखिएका थिए ।
कार्कीको सपथ ग्रहण समारोहमा प्रदेश प्रमुख कार्यालय भित्र र बाहिर निक्कै भिडभाड र चहलपहल थियो । मुख्यमन्त्रीको सपथ ग्रहण समारोहमा अहिले सम्म यतिको भिड कहिले देखिएको थिएन , प्रदेश प्रमुख कार्यालयका एक कर्मचारी भन्दै थिए ।
एमाले संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री हिक्मत कार्कीले राजनिितक अस्थिरता र सामाजिक सदभावको अन्तयको लागि पनि कांग्रेस र एमाले एक भएर अगाढी बढनु पर्ने बताए ।
विःस २०३० साल पुष ७ गते ओखलढुङ्गामा आमा ईश्वरी र बुबा प्रेमबहादुरका कोखबाट जन्मिएका कार्की सानै देखी विद्रोही तर उपकारी र सहयोगी स्वभावका थिए । सुनसरीको मधेशा स्थित
जनता उच्च माध्यमिक विद्यालयमा प्रारम्भिधक शिक्षा लिएका उनी सोही विद्यालयमा विःस २०४४ सालमा नेपाल विद्यार्थी सङ्घको इकाई सभापति भए । विद्यालय स्तरको शिक्षापछि उनको उच्च शिक्षा विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट सुरु भयो । महेन्द्र मोरङ क्याम्पसमा २०५२ सालमा नेविसंघकै क्याम्पस इकाई सभापति उनी भए । यसपछि उनी नेविसंघकै क्षेत्रीय सभापति हुँदै २०५९ सालमा जिल्ला सभापति र २०६३ सालमा केन्द्रीय सदस्यको भूमिकामा रहे । कार्की नेपाल विद्यार्थी संघको राजनीतिबाट कांग्रेस राजनीतिमा उदाएका युवा नेता हुन । उनी प्रदेशसभाको पहिलो कार्यकालमा प्रदेश सभा सदस्य हुँदै आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारीमा थिए । विःस २०७९ सालको प्रदेश सभा निर्वाचनमा मोरङ क्षेत्र न ६ ख बाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन । २०६२÷०६३ को आन्दोलनका क्रममा सुरक्षाकर्मीसँगको झडपमा पटक पटक घाइते भई जेलसमेत परेका छन। उनी कोइराला समूहबाट नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्यको उम्मेदवार समेत थिए ।