
विराटनगर,२६ माघ: काेशीका मुख्यमन्त्री केदार कार्कीले दाेस्राे पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
स्वास्थ्य मन्त्रीमा कांग्रेसका प्रदिप सनुवार, सामाजिक विकासमन्त्रीमा माओवादीका राजेन्द्र कार्की, उद्याेग, कृषि तथा सहकारीमन्त्रीमा कांग्रेसका रामकुमार खत्री र खानेपानी, सिँचाइ तथा उर्जामन्त्रीमा माओवादीका नारायणबहादुर बुर्जामगरलाइ मुख्यमन्त्री कार्कीले नियुक्त गरेका हुन् ।
उनले दुई जना कांग्रेसका सांसदलाई राज्यमन्त्रीसमेत नियुक्त गरेका छन् ।
उनीहरूलाई अहिले केहीबेरमा प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गाेपनियताकाे सपथ ग्रहण गराउँदै छन् ।
आर्थिक मामिला तथा याेजना राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा सुनिता कुमारी गुरूङ राम नियुक्त भएका हुन् । उनीहरूलाई अहिले केहीबेरमा मुख्यमन्त्री कार्कीले पद तथा गाेपनियताकाे सपथ ग्रहण गराउँदै छन् ।
यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्रीमा शम्शेर राई, पर्यटन, वन तथा वातावरणमन्त्रीमा गणेश उप्रेती र भाैतिक पुर्वाधार विकासमन्त्रीमा कमलप्रसाद जबेगुलाई नियुक्त गरिसकेका छन् ।