
बिराटनगर,९ जेठ: झापा र मोरङको छुट्टाछुट्टै स्थानहरुबाट मोटरसाईकल चोरीमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो साढे १० बजे झापाको कनकाई नगरपालिका-३ र ४ स्थितमा चोरीको मोटरसाईकलहरु रहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीको टोलीले झापाको कनकाई नगरपालिका- ४ का १८ बर्षिय प्रियंक कडेल, २१ वर्षिय कृष्ण घिमिरे, १८ बर्षिय नबिन बस्नेत, १५ बर्षिय बालक र कनकाई नगरपालिका-३ का १८ बर्षिय सम्रिक चुडाललाई प्रदेश १-०२-०१ प ३१४६ नम्बरको KTM डुक, मेची ९ प ६४६१ नम्बरको NS र प्रदेश ३-०२-००९ प ५२२१ नम्बरको CROOS FIRE मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो ।
त्यस्तै मोरङको बिराटनगर महानगरपालिका-७ बाट प्रदेश १-०२-०४४ प ७०२९ र कोशी १८ प ८८६८ नम्बरको बिभिन्न कम्पनीको मोटरसाईकल चोरीमा संलग्न भारत विहारका २० बर्षीय साजिद रजा र २८ बर्षीय एहसान सेखलाई पक्राउ परेको हो ।
पक्राउ परेका उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भइरहेको छ ।