२०८१ फाल्गुन १       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १९ कात्तिक । विराटनगर महानगरपालिकाले कोरोना संक्रमण भइ घरमै बसेको प्रमाणित गर्न शुल्क लिन थालेको छ । महानगरले संक्रमितलाई होम आइसोलेशन बसेको प्रमाणित गर्न महानगरले ५ सय १० रुपैयाँ शुल्क लिन थालेको हो ।

होम आइसोलेसनमा बसेकाले बीमा र कार्यालयमा विदा प्रयोजनका लागि वडा कार्यालयको सिफारिस माग्ने गरेका छन् । पहिले यस्तो शुल्क नलिएको महानगरले पछिल्लो पटक सबै वडा कार्यालयमा परिपत्र गरी शुल्क लिन भनेको हो ।

महानगरपालिकाले होम आइसोलेशनमा बसेको प्रमाणित गर्दा ‘अन्य सिफारिस शीर्षक’मा ५०० रुपैयाँ र निवेदन दस्तुरका लागि १० रुपैयाँ लिन थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!