२०८२ बैशाख ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर,१८ जेठ: नेपाल सरकार स्वास्थ्य बीमा बोर्डले आज मिति २०८१ जेठ १८ गते १० वटा मेडिकल कलेज र २ वटा अस्पताललाई स्वास्थ्य बीमा प्रदायकको रुपमा सूचीकृत गरेको छ । जस अन्तर्गत विराटनगर स्थीत नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल संग सम्झौता भएसंगै २०८१ श्रावण १ गतेबाट नोवेलमा स्वास्थ्य बीमा संचालन सुरु हुने निश्चित भएको हो ।

सम्झौतामा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. भोगेन्द्र प्रसाद उपाध्यायले हस्ताक्षर गरेका थिए । पूर्वी नेपालमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको नोवेल शिक्षण अस्पतालमा नेपाल सरकारको स्वास्थ्य बीमा सुरु हुने भए पछि पूर्वी नेपालका स्वास्थ्य बीमामा आवद्ध विरामीहरुले खुशी व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!