२०८३ श्रावण १३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर १३ साउन: सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको साम्प्रदायिक झडप तथा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको छ। समितिको संयोजक गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापा रहेका छन् भने सदस्यमा नेपाल प्रहरीका एसपी विपिन रेग्मी, सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईं, ऊर्जा मन्त्रालयका उपसचिव शालिग्राम भण्डारी तथा सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछाने रहेका छन्। समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ।

तर समिति गठनसँगै यसको निष्पक्षतामाथि स्थानीय तहमा प्रश्न उठ्न थालेको छ। त्यसको प्रमुख कारण समितिका सदस्य एसपी विपिन रेग्मीको विगतको भूमिका हो।

स्थानीयवासी तथा केही नागरिक अगुवाहरूले करिब दुई वर्षअघि हरिनगर क्षेत्रमा भएको हिन्दू  र मुस्लिम तनावका क्रममा एसपी रेग्मी सुनसरी प्रहरी प्रमुख रहेका बेला ३६ जना हिन्दूहरूमाथि मुद्दा चलाइएको तर प्रभावशाली व्यक्तिमाथि समान कानुनी प्रक्रिया अघि नबढाइएको आरोप दोहोर्याइरहेका छन्। उनीहरूले तत्कालीन घटनामा हरिनगर गाउँपालिका अध्यक्षका छोरामाथि कारबाही नभएको दाबी गर्दै अहिलेको छानबिन समितिमा त्यही अधिकारीलाई राखिनुले निष्पक्ष अनुसन्धान माथि आशंका बढाएको बताएका छन्।

कप्तानगञ्जमा भएको घटनामा एक जनाको मृत्यु र एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएपछि स्थानीय प्रशासनले कर्फ्यु तथा निषेधाज्ञा जारी गरेको छ। घटनाको वास्तविक कारण, सुरक्षाकर्मीले प्रयोग गरेको बलको औचित्य तथा भविष्यमा यस्ता घटना रोक्ने उपायबारे समितिले प्रतिवेदन तयार पार्ने जिम्मेवारी पाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!