२०८२ बैशाख ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २४ कात्तिक । अखिलका नेता वसिम आलमको नेतृत्वमा रहेको युवाको समूहले विराटनगर–१० स्थित मानवसेवा आश्रममा बस्दै आएकाहरुलाई न्यानो लुगा र खाद्यान्न प्रदान गरेका छन् । आलम नेतृत्वको समूहले आश्रममा बस्दै आएका ७८ जनालाई न्यानो लुगा र खाद्यान्न बाँडेका हुन् ।

लकडाउनका बेला १२० दिनसम्म सडकपेटीमा बस्ने गरिब, असहायलाई निःशुल्क खाना खुवाएको सो समूहले पुनः कपडा वितरण अभियान सुरु गरेको हो ।

निःशुल्क खाना खुवाएको सो समूहले पुनः कपडा वितरण अभियान सुरु गरेको छ । सो अभियानलाई निरन्तरता दिनेक्रममा आइतबार मानव सेवा आश्रमका ७६ जना वृद्धहरुलाई जाडोका कपडाहरु वितरण गरेको हो ।

उनीहरुले साडी, ज्याकेट , सुईटर, पेन्ट , टोपी लगायतका कपडा वितरण गरेका थिए । यसका साथै युवाहरुको समूहले आश्रममा चामल, नुन, तेल र बिस्कुट पनि हस्तान्तरण गरेको हो ।

दशैंअघि विराटनगरका एक सय जनालाई न्यानो लुगा वितरण गरेका उनीहरुले चिसोको बेला न्यानो लुगा वितरण गर्ने अभियान सञ्चालन गरेका हुन् ।

आलमले तिहारअघि अझै तीन सय जनालाई न्यानो लुगा वितरण गर्ने आफ्नो योजना रहेकाे सुनाए । दाताहरूवाट लिएर संकलन गरी प्रयोग गर्न सकिने बनाएर विपन्न, बृद्धबृद्धा र आश्रममा वितरण गर्ने योजना बनाएको आलमले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!