२०८१ फाल्गुन ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, २४ कात्तिक । नेपाललाई मल पैचो दिने समझदारीबाट पछि हटेको बंगलादेशसँग सरकारले ५० मेट्रिक टन मल किन्ने भएको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले बंगलादेशसँग ५० मेट्रिक टन मल किन्ने निर्णय गरेको हो । बंगलादेश नेपाललाई ५० हजार मेट्रिक टन यूरिया मल पैंचो दिने समझदारीबाट पछि हटेको थियो ।

गत भदौ १६ गते प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका प्रधानमन्त्री शेख हसिनाबीच भएको टेलिफोन वार्तामा भएको समझदारीबाट बंगलादेश पछि हटेको हो ।

तर, सो समझदारीबाट बंगलादेश पछि हटेपछि बंगलादेशसँग मल किन्नुपर्ने अवस्था आएको हो । समयमा नआएकै कारण यसपटक किसानले धानका लागि आवश्यक मल पाएका थिएनन् । अब ल्याउन लागिएको मल भने गहुँका लागि हो ।

आजको मन्त्रिपरिषद बैठकले नेपालमै मल कारखाना खोल्न आवश्यक तयारी गर्ने निर्णय समेत गरेको छ । मल कारखाना खोल्ने प्रक्रिया अघि बढाउन योजना बनाएर प्रस्ताव पेश गर्न अर्थमन्त्री विष्णु पौडेल, उद्योगमन्त्री लेखराज भट्ट र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिइएको छ ।

कृषि मन्त्रालयले मल कारखानाका लागि प्रारम्भिक खाका तयार पारिसकेको छ । त्यसकै आधारमा तीन मन्त्रीले प्रस्ताव तयार पार्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!