२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडाैं, २५ कात्तिक । सरकारले नेपालमै मल कारखाना खोल्न तयारी गर्ने निर्णय गरेको छ । सोमबार बसेकाे मन्त्रिपरिषदले नेपालमै मल कारखाना खोल्न आवश्यक तयारी गर्ने निर्णय  गरेको हो ।

नेपालको कृषि क्षेत्रलाई अत्यावश्यक पर्ने रासायनियक मल नेपालमै उत्पादन गर्न चाहिने उद्योग स्थापना गर्न अर्थ मन्त्री, उद्योग मन्त्री र परराष्ट्र मन्त्री सम्मिलित एक संयन्त्र बनाउने निर्णय भएको परराषट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

मल कारखाना खोल्ने प्रक्रिया अघि बढाउन योजना बनाएर प्रस्ताव पेश गर्न अर्थमन्त्री विष्णु पौडेल, उद्योगमन्त्री लेखराज भट्ट र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिइएको छ । कृषि मन्त्रालयले मल कारखानाका लागि प्रारम्भिक खाका तयार पारिसकेको छ । त्यसकै आधारमा तीन मन्त्रीले प्रस्ताव तयार पार्नेछन् ।

सरकारले तत्काल मलको अभाव हुन नदिन बंगलादेशबाट ‘जीटुजी’ (सरकार–सरकार) प्रक्रियाबाट ५० हजार मेट्रिक टन मल खरिद गर्ने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!