२०८१ माघ २७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

पाकिस्तान, २५ कात्तिक । पाकिस्तानमा वैवाहिक समारोह आयोजनाका लागि नयाँ मापदण्ड तथा निर्देशिका जारी गरिएको छ । कोरोना भाइरसको दोस्रो चरणको संक्रमण बढ्दै गएपछि सरकारले वैवाहिक कार्यक्रमका लागि नयाँ निर्देशिका जारी गरेको हो ।

सङ्क्रमित र मृतकको संख्या दोस्रो चरणमा बढ्दै गएपछि महामारी न्युनिकरण गर्न नेसनल कमाण्ड एण्ड अपरेसन सेन्टरले वैवाहिक कार्यक्रमका लागि नयाँ निर्देशिका जारी गरेको हो ।

वैवाहिक समारोहमा सहभागी हुने सबैको ज्वरो परीक्षण गर्नुपर्ने, भोजनका बेला आफैं झिक्ने व्यवस्था गर्न नपाइने, वितरण गर्ने छुट्टै व्यवस्था हुनुपर्ने लगायतका नियमहरु पनि निर्देशिकामा राखिएको छ । साथै आयोजकहरुले सवै सहभागीहरुको नाम, सम्पर्क नम्बर लगायतका विवरणहरु स्थानीय प्रशासनलाई उपलब्ध गराउनु पर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!