२०८१ माघ २७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २५ कात्तिक । विराटनगरबाट नियन्त्रीत लागूऔषध गाँजासहित २ महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका-९ बस्ने ४० वर्षीया सीता राई र साँगुरीगढी गाउँपालिका-१ बस्ने २० वर्षीया बबिता राई रहेका छन् ।

मंगलबार प्रहरीले उनीहरुलाइ विराटनगर महानगरपालिका-४ कन्चनवारीबाट  गाँजासहित पक्राउ गरेको हो ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समूह (आरआइटी) बाट खटिएको अनुसन्धान टोलीले आज दिउँसो १ बजे उनीहरुलाई ५ के.जी. ७०० ग्राम गाँजासहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै महिलालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखी थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!