२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २६ कात्तिक । मोरङको विराटनगर महानगरपालिकाबाट तीन लाखभन्दा बढीको भन्सार छली ल्याएको सामान बरामद भएको छ । मंगलबार विराटनगरबाट अन्दाजी तीन लाख १२ हजार ६०० बराबरको भन्सार छली ल्याएको अवैध सामाग्री बरामद भएको हो ।

हिजो बेलुका अन्दाजी १०ः४० बजे विराटनगर– १६ दरैया बस्ने बर्ष अन्दाजी २५ को राहुल रायले भारतको जोगबनीबाट अवैध रूपमा भन्सार छली कपडा तथा लेडिज चुरा बरामद भएको छ ।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनको घरबाट कपडा तथा लेडिज चुरासमेत गरी अन्दाजी एक लाख ६७ हजार तीन सय बराबरको सामान बरामद गरेको हो ।

सामानसहित रायलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाइएको मोरङ प्रहरीले जनाएको छ ।

यसैगरी मंगलबार साँझ ४६ः३० बजे जिल्ला मोरङ विराटनगर महानगरपालिका–९ स्थित सडक किनारामा अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी ल्याइ वेवारिसे अवस्थामा राखेको कपडा तथा किराना सामान बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले अन्दाजी एक लाख ४५ हजार तीन सय बराबरको सामान फेला पारी बरामद गरिएको र आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाइएको मोरङ प्रहरी प्रवक्ता मानबहादुर राईले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!