
विराटनगर, ३० कात्तिक । हिन्दुहरुको दोस्रो महान् पर्व तिहारको अवसरमा पटका पड्काउने ४१ जनालाइ मोरङ प्रहरीले पक्राउ गरेको छ ।
शनिबार जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको परिचालित टोलीले मोरङका विभिन्न क्षेत्रहरूमा पटका, आतिसबाजीलगायत पटकाजन्य पदार्थ पड्काई समाजमा शान्ति सुरक्षामा खलल पुर्याउने ४१ जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानपश्चात आफन्तको जिम्मा लगाइएको हो ।