२०८२ जेष्ठ ४       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ३ मंसिर । विराटनगर महानगरका मेयर भीम पराजुलीले यस पटकको छठ पर्व घरमै मनाउने भएका छन् ।

अघिल्ला वर्षहरुका छठमा ब्रत बसेर साष्टांग दण्डप्रणाम गर्दै घाटको यात्रा गर्ने मेयर पराजुलीले कोरोना भाइरस महामारीका कारण घरमै बसेर पर्व मनाउने भएका हुन् ।

उनी अघिल्ला वर्षहरुमा विधिअनुसार छठमा निराहार ब्रत बसेर साष्टांग दण्डप्रणाम गर्दै अढाइ किलोमिटरको दूरीमा रहेको सिंघिया घाटसम्मको यात्रा गर्ने गर्दथे ।

पराजुलीले विराटनगर–३ ठूलोमिल चोकमा रहेको शिव पञ्चायन मन्दिरबाट सिंघिया घाटसम्मका लागि दण्डप्रणाम गरेर घस्रँदै घाटसम्मको यात्रा गर्दथे ।

तर, कोरोनाका कारण नदीबाट संक्रमण फैलनसक्ने भन्दै उनी यस वर्ष नघस्रिने भएका हुन् । १७औ पटकको छठ ब्रतका लागि आवश्यक प्रबन्ध उनको घरमै गरिने भएको छ ।

यस्तै उनले आम नगरवासीलाईसमेत घरमै रहेर ब्रत बस्न पराजुलीले आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!