२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ७ मंसिर । मोरङ प्रहरीले हवाई फायर गरी तस्करलाई पक्राउ गरेको छ । आइतबार बिहान विराटनगर महानगरपालिका–१७ मटेरूवाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।

आज बिहान ४ः१० बजेतिर भारतबाट नेपालतर्फ अवैध रुपमा सामानहरू ल्याउदै गरेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएका सादा पोशाकका प्रहरीले अवैध सामानहरू नियन्त्रण लिनेक्रममा प्रहरीमाथि नै आक्रमणको प्रयास भएको थियो ।

मटेरूवाका ५५ वर्षीइ गुड्डु भन्ने आसिर आलम, सोही स्थानकी ३७ वर्षीया अरबिना खातुनलगायत ९–१० जना मानिसहरूले प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि प्रहरीले तत्काल स्थितिलाई नियन्त्रणमा लिन १ राउण्ड हवाई फायर गरेको थियो ।

हवाई फायरपछि तस्करी कार्यमा संलग्न अरबिना खातुन र उनले तस्कर गरी ल्याएको १०८ थान छालाको वेल्ट नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रवक्ता मानबहादुर राईले जानकारी दिए ।

पक्राउ परेकी खातुनमाथि थप अनुसन्धान भइरहेको र वारदातमा संलग्न अन्य मानिसहरूको खोजी कार्य भइरहेको उनले जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!