२०८२ बैशाख १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ११ मंसिर । मोरङको रंगेली नगरपालिकामा दुर्लभ मानिएको निलगाई फेला परेको छ । बिहीबार बिहान रंगेली नगरपालिका–३ दौलतपुरमा निलगाई फेला परेको हो ।

आज बिहान ११ः०० बजे दौलतपुरका शिवकुमार मण्डलको पोखरी छेउमा चरिरहेको सो निलगाईलाई स्थानीयले नियन्त्रणमा लिई राखेको भन्ने खबर प्राप्ता इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले निलगाई जीवितै नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएर वन कार्यालयलाई बुझाए पनि प्रहरीले हरिण हो कि निलगाईको बाछो भन्ने चिन्न सकेन । मोरङ प्रहरी प्रवक्ता मानबहादुर राईद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा हरिणलाई जीवितै नियन्त्रणमा लिएर वन कार्यालयको जिम्मा लगाइएको उल्लेख छ ।

तर वन कर्मचारीले भने उक्त वन्यजन्तु हरिण नभइ निलगाईको बाछो भएको बताएको छ । उर्लाबारीको सव डिभिजन वन कार्यालय मंगलबारेका प्रमुख एवं सहायक वन अधिकृत तारिणी  चौधरीले प्रहरीले नचिनेर निलगाईको बाछोलाई हरिण भनेको हुनसक्ने बताए ।

उनले माउसँगै चर्दै भारतबाट नेपाल छिरेको बाछो चर्नेक्रममा अलमलमा परेर यतै रोकिएको हुनसक्ने बताए । प्रहरीले उक्त निलगाई रंगेली नगरपालिका–३ आमतोलास्थित सव डिभिजन वन कार्यालयमा बुझाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!