२०८१ फाल्गुन ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सिंहदेवी, १५ मंसिर । आम नेपालीले चियाको व्यवसायिक खेती भन्नेबित्तिकै झापा र इलाम जिल्लालाई सम्झन्छन् । तर, सुगम जिल्ला मोरङको दुर्गम गाउँ सिंहदेवी–मा एक किसानले भने आम बुझाइ परिवर्तन गरिरहेका छन् ।

साविकको केराबारी–२ का नारायण राईले भने दुर्गम गाउँ सिंहदेवीमा सुरु गरेको चियाखेती हाल आएर पूर्ण व्यवसायिक बनेको छ । २०५५ देखि चिया खेती सुरु गरेका राईले अब भने सन्तुष्ट देखिएका छन् ।

विकासको कुनै पूर्वाधार नभएको बेला २२ वर्षअघि राईले ५० रोपनीमा चिया खेती सुरु गरेका थिए । सो चिया खेती हाल २५० रोपनीमा विस्तार भएको छ । गाउँमा ब्यवसायिक कामको कुनै सम्भावना नभएको बेला चिया खेतीमा लाखौं रुपैयाँ खर्चिएका राई बल्ल लगानीबाट चित्त बुझ्न थालेको बताउँछन् ।

उनले बैदेशिक रोजगारमा ओमन पुगेर ११ वर्ष कमाएको सबै कमाइ चिया खेतीमा लगाएका छन् । गहतसम्म नफल्ने सिंहदेवी डाँडालाई उनले चियाले हरियो बनाएका छन् ।

नारायणलाई रात दिन नभनी सहयोग गर्ने उनकी पत्नी विना खजुम भन्छिन्, ‘सुरुका दिनमा चिया रोप्दा धेरैले हाँसि उडाए । उराठलाग्दा अनिकाले डाँडामा चिया रोप्दा कहिल्यै खुशी र सन्तुष्टि हुन सकेका थिएनौं । द्वन्द्वको समयमा सबैलाई मिलाएर काम गर्नै कठिन थियो ।’

लेटाङ बजारमा उनको सुविधासम्पन्न घर छ । त्यँही बसेर ब्यवसाय गर्न सकिने प्रशस्त सम्भावना थियो । तर राईले सिंहदेवीमा चिया खेती गरेर हाल मनग्ये आम्दानी गरिरहेका छन् । चिया खेतीमा लगातार लागिरहेका राईलाई २०७१ मा सरकारले राष्ट्रपति सम्मानबाट पुरस्कृत गरेको थियो । पुरस्कृत भएछि चियाखेतीप्रति उनको झनै लगानी र झुकाव बढेको छ ।

सरकारको सो पुरस्कारपछि राईले थप ५० रोपनीमा चिया बिस्तार गरेका छन् । उनको आफ्नो मातृभूमि टि स्टेट कम्पनीले वार्षिक ५ हजार केजी ग्रीनटि उत्पादन गरिरहेको छ । आफ्नै प्रशोधन मेसिनले प्रशोधित ग्रीनटि (हरियो चिया)को माग उच्च भएपनि मागअनुसार उत्पादन गर्न नसकेको सञ्चालिका विना खजुमले बताइन् ।

चिया बगानमा हाल गाउँकै ५० जनाले रोजगार पाएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!