२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २१ मंसिर । सप्तरीदेखि झापाको भद्रपुरसम्म निर्माण भइरहेको हुलाकी राजमार्ग आगामी २ बर्षभित्रमा सञ्चालनमा आउने भएको छ । ३ सय ४३ किलोमिटर हुलाकी राजमार्गको करिव ४८ प्रतिशत काम सम्पन्न भएको हुलाकी राजमार्ग आयोजनाले जनाएको छ ।

आयोजना प्रमुख दीपेन्द्र पाण्डेले करिव ४८ प्रतिशत काम सम्पन्न भएको बताए । चालु आर्थिक बर्षमा पुलहरुको काम सम्पन्न गर्ने र २ बर्षभित्रमा सडकको काम सम्पन्न गरिने पाण्डले जानकारी दिए । उनले झापाका ८ वटा पुल, मोरङको रतुवामाईमा रहेको पुलका लागि टेण्डरको काम भइसकेको बताए ।

उनले रंगेली र विराटनगरमा सडकमा केही समस्या रहेको बताए । उनले रंगेलीको केही स्थानमा निर्माणको डिजाईनअनुसार नभएको र विराटनगरमा कोशी राजमार्ग पुर्वपश्चिम जोड्नका लागि समस्या भएको बताए ।

हुलाकी राजमार्गमा कुन सडकबाट जोड्नेबारे समस्या भएको उनले बताए । विराटनगरमा ६ किलोमिटर सडकमा समस्या भएकाले टेण्डरको काम हुन नसकेको आयोजना प्रमुख पाण्डेले बताए ।

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आइतबार हुलाकी सडकको कामबारे अनुगमन थर्दै आगामी २ बर्षभित्रमा राजमार्ग सञ्चालन गर्नेगरी काम गर्न आयोजना प्रमुखलाई निर्देशन दिए । उनले सडक निर्माणमा भएका समस्याबाट प्रदेश सरकारले पनि पहल गर्ने बताए ।

हुलाकी सडकको चर्चा धेरैभएपनि काम नदेखिएको मन्त्री घिमिरेले बताए । विराटनगर क्षेत्रको समस्याबारे छलफल गर्न सकिने उनले बताए ।

मन्त्री घिमिरेले डिभिजन सडक कार्यालयका प्रमुख पशुपति ज्ञवालीसँग पनि मोरंग सुनसरीका पुलको अवस्थाका बारेमा पनि जानकारी लिएका छन् । ज्ञवालीले चालु आर्थिक वर्षभित्रमा करिव १० वटा पुल निर्माण सम्पन्नको चरणमा रहेको बताए ।

पुल निर्माणका लागि आवश्यक बजेट विनियोजन नहुँदा निर्धारित समयमा काम पुरा हुन नसकेको उनले बताए । सडक निर्माण भएपनि पुल निर्माण सम्पन्न नहुँदा समस्या भएका पुलहरुको निर्माण भईरहेको मन्त्री घिमिरेसमक्ष जानकारी गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!