२०८१ माघ २७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २३ मंसिर । नेपालमा आज १३ सय ४३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप १३ सय ४३ जनामा कोरोना संक्रमण भएको जनाएको हो ।

यससँगै सङ्क्रमितको संख्या २ लाख ३७ हजा ५८९ पुगेको छ । कुल सङ्क्रमितमध्ये सक्रिय सङ्क्रमितको संख्या १५ हजार ७६६ रहेको छ ।

आज काठमाडौंमा थप ५९४ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये २६३ महिला तथा ३३१ पुरुष छन् ।

यसैगरी आज २१ सय ११ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । मन्त्रालयका अनुसार यससँगै कोरोनामुक्त हुनेको संख्या दुई लाख २० हजार दुई सय ७२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १३ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार पाँच सय ५१ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!