
विराटनगर, १ पुस । बेलायतमा नयाँ प्रकारको कोरोना भाइरसको पहिचान गरिएको छ । उक्त भाइरस बेलायतको केही भागमा तीब्र गतिमा फैलिएको त्यहाँका सांसदहरुलाई जानकारी गराइएको छ ।
स्वास्थ्य मन्त्री म्याट्ट हयानककले कम्तिमा ६० विभिन्न स्थानीय अधिकारीले उक्त नयाँ प्रकारको भाइरसको संक्रमणको जानकारी प्राप्त भएको जानकारी दिएका छन् । यसबारे विश्व स्वास्थ्य संगठनलाई जानकारी गराएको बताउँदै उनले बेलायतका वैज्ञानिकहरुले बिस्तृत अध्ययन गरिरहेको पनि बताएका छन् । यस्तै उनले सुझाब दिनुपर्ने केही नभएकाे बताउँदै यसले नराम्ररी प्रभाव पारेको छ र खोपले काम नगर्ने अवस्था हु सक्ने बताएका छन् ।
पछिल्लो साता मात्रै तीब्र तर घातक रुपमा लण्डन, केन्ट, एसेक्स र हर्टफोर्डशायर लगायतको क्षेत्रमा सङ्क्रमणमा वृद्धि भएको जानकारी दिए । दक्षिणी बलायतको ६० स्थानीय क्षेत्रहरुमा करीब एक हजार त्यस्ता सङ्क्रमित फेला परेको उनले बताए ।
बेलायतका प्रमुख मेडिकल अधिकृत प्राध्यापक क्रिस व्हीटीले कोरोना भाइरसको सङ्क्रमण पत्ता लगाउन हाल अपनाइएको विधिले पनि नयाँ प्रकारका भाइरसको सङ्क्रमण छुट्याउन सकिने बताए । हाल ब्यक्तिको स्वाब परीक्षण गरी सार्स–कोभ–२ बाट सङ्क्रमित भए नभएको छुट्याइन्छ ।
खोप दिइसकेपछि भाइरसको ब्यवहारबारे छिट्टै नै जानकारी हुनेछ ।
बिर्मिघंन विश्वविद्यालयका विज्ञ डा. एलन म्याक्नेलीले बढी अत्तालिनु नहुने सुझाब दिँदै तात्कालै यो बढी सङ्क्रमण फैलाउने र बढी घातक हो भनेर अगाडि बढ्न नहुने बताए । तर यसलाई निगरानीमा राखेर काम अगाडि बढाउनुपर्ने उनको सुझाव छ ।