२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, ४ पुस । कोरोना भाइरस महामारीसँगैसवारी साधन अनुमति पत्र (लाइसेन्स) लाइसेन्सका लागि लिखित परीक्षा र ट्रायल ठप्प छ । नौ महिनादेखि प्रदेशहरुले आफ्नो यातायात कार्यालयमार्फत नयाँ लाइसेन्स वितरण गरेका छैनन् । नयाँ लाइसेन्स लिने वा वर्ग थप गर्न चाहनेहरुको संख्या उल्लेख्य भएपनि कहिलेबाट लिखित परीक्षा र ट्रायल खुल्छ भन्ने यकिन नभएको यातायात व्यवस्था विभागले बताएको छ ।

विभागका महानिर्देशक गोगनबहादुर हमालले सवारी लाइसेन्स परीक्षा खुलाउन आग्रह आउन थालेको जानकारी दिए । उनका अनुसार हालसम्म प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमले लाइसेन्सको परीक्षा र ट्रायल खुला गर्न प्रणालीमा पहुँच माग्दै पत्राचार गरेका छन् । अरु प्रदेशको पनि पत्र कुरिरहेकाे बताउँदै उनले बागमती प्रदेशबाट पनि एक-दुई दिनभित्रै पत्र प्राप्त हुने जानकारीमा आएको बताए ।

सबै प्रदशेबाट लाइसेन्सको परीक्षा खुलाउने निर्णय गरेको जानकारी आएपछि संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा जानकारी गराइने उनले बताए । त्यसपछि मन्त्रालयले दिने निर्देशनअनुसार जनस्वास्थ्य मापदण्डलाई ध्यान दिँदै लाइसेन्सको परीक्षा खुला गर्ने निर्णय हुने उनकाे भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!