२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडाैं । नेकपाका उपाध्यक्ष बामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ अन्तिम समयसम्म पार्टी एकताको पक्षमा दृढ रहने प्रतिबद्धता जनाउँदै आएका छन् ।

मंगलबार दिउँसो २ बजे नेता बादल भैंसेपाटीस्थित गौतम निवास पुगेर छलफल गरेका थिए । दुवै नेताबीच करिब डेढ घण्टा गोप्य छलफल भएको छ । दुवै नेता अहिलेसम्म कुनै खेमाको भेलामा सहभागी भएका छैनन् ।

यद्यपि दुवै खेमाबाट दुवै नेतालाई तानातान भइरहेको छ । मंगलबार बिहान मात्रै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षका नेताहरु नेता गौतम र बादल दुवैसँग छलफल गरेका थिए ।

नेता गौतम र बादल दुवैजना पार्टी एकताको पक्षमा छन् । तर पार्टी फुटको दिशामा उन्मुख भइसकेपछि हिजोको बैठकमा दुवैजना बीच केही न केही खेमामा सरिक हुनेबारे छलफल भएको हुनसक्ने नेता गौतमको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!