२०८१ फाल्गुन १       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

ललितपुरको लेलेमा अल्का अस्पतालकी कर्मचारी गीता केसीको शव फेला परेको छ ।

केही दिनदेखि हराइरहेकी उनको शव गोदावरी नगरपालिका– १० स्थित लेलेको जंगलमा फेला परेको महानगरीय प्रहरी कार्यालय काठमाडौंले जनाएको छ । उनको हत्या गरिएको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ ।

तीन दिनअघि हराएको भन्दै ललितपुरस्थित प्रहरी कार्यालयमा निवेदन परेको थियो । सोही निवेदनका आधारमा खोजी गर्ने क्रममा उनको शव फेला परेको कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

गएराति शव फेला परेको र शव परीक्षणका लागि पाटन अस्पतालमा ल्याइएको छ । शव परीक्षणपछि मात्रै यकिन कारण खुल्ने जनाइएको छ । उक्त घटनाको अनुसन्धानका क्रममा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

ललितपुरका प्रहरी नायव उपरीक्षक सन्तोष तामाङका अनुसार उनी १७ गते हराएकी थिइन् । शुक्रबार बेलुका लेलेस्थित सामुदायिक वन क्षेत्रमा उनको शव फेला परेको थियो ।

राति घटनास्थल सुरक्षित राखेर फर्किएको टोलीले आज बिहान गएर शव उठाएको थियो । आफन्तले आज उनकै शव भएको पुष्टि गरेको छ । अनुसन्धानका क्रममा उनका एकजना नातेदारलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक तामाङले जानकारी दिए । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!