
बीरगञ्जं, १६ पुस । लुम्बिनी चिनी मिल्सका सञ्चालक मनोज अग्रबाल वीरगञ्जमा पक्राउ परेका छन् । मनोज अग्रवालको स्वामित्वमा रहेको चिनी उद्योगले उखु किसानको करिब नौ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेकाले सोही आधारमा प्रहरीले उनलाइ पक्राउ गरेको हो ।
सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पर्सा एसपी गंगा पन्तले उनलाई उपस्थित गाराउन आदेश भएअनुसार अहिले जिल्ला प्रहरी कार्यालय पर्सामा उपस्थित गराइएको र उनलाई नवलपरासी पठाउने तयारी भइरहेको बताइन् ।