२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, २२ पुस । राष्ट्रनिर्माता पृथ्वीनारायण शाह नेपालको परिचय र पहिचानको प्रतीक भएकाले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यरुपमा मनाउन सम्पूर्ण तह र तप्कासँग आह्वान गरिएको छ । समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तिले पृथ्वीनारायणको योगदानको सम्मान गर्दै उनको तस्वीर अङ्कित गरी सिक्का र नोट प्रकाशन गर्न सरकारसँग आग्रह गरे ।

दुई सय ९९औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा यही पुस २७ गते रत्नपार्कमा आयोजना हुने भेलामा राष्ट्रिय झण्डामा एकताबद्ध हुन पनि उनीहरुले पत्रकार सम्मेलनमार्फत अपिल गरेका छन् । नेपाली एकताका प्रतीकका राष्ट्रिय विभूति पृथ्वीनारायणले त्यस समयमै अघि बढाएका पारदर्शी, उत्तरदायी, उद्योगधन्दा स्थापना, वातावरण सन्तुलन, परराष्ट्र नीति, सुरक्षा जस्ता विषय अहिले झन्झन् सान्दर्भिक बन्दै गएको स्मरण गरियो ।

सो अवसरमा अभिनेत्री मनिषा कोइरालाले राष्ट्रनिर्माताको जन्मजयन्ती र राष्ट्रिय एकता दिवस भव्यरुपमा बनाउन सम्पूर्ण नेपालीजनलाई आह्वान गरिन् । विसं १७७९ पुस २७ गते गोर्खामा जन्मनुभएका पृथ्वीनारायणले त्यस समयका ससाना राष्ट्रलाई एकीकरण गरी चार वर्ण र छत्तीस जातको साझा फूलबारीका रुपमा नेपाललाई अघि बढाएका थिए ।

त्यसबाहेक अहिले सामाजिक सञ्जालभरि पुथ्वीनारायणकाे तस्बिर भएकाे नोट निकाल्द माग गरिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!