२०८१ फाल्गुन ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउमा गिरावट आएसँगै नेपाली बजारमा पनि त्यसको प्रभाव देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनचाँदीको भाउ घट्नेक्रम सोमबार पनि जारी रहेको छ ।

आइतबार एकैदिन तोलामा २३ सय रुपैयाँले ओरालो लागेको सुनको भाउ सोमबार पुनः आठ सयले घटेको छ । आजका लागि छापावाल सुनको भाउ तोलाको ९२ हजार दुई सय रुपैयाँ कायम गरेको छ । आइतबार तोलाको ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनको भाउ पनि तोलामा आठ सयले घटेर तोलाको ९१ हजार सात सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो तोलाको ९२ हजार पाँच कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले झरेर १२३० रुपैयाँमा आइपुगेको छ । हिजो १२७० मा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!