२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

एजेन्सी, ५ माघ । एथ्लेटिक बिल्बाओले स्पेनिस सुपर कप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा बार्सिलोनालाई ३-२ गोल अन्तरले हराउँदै बिल्बाओले तेस्रो पटक सुपर कपकाे उपाधि जितेकाे हो ।
सेभिल्लास्थित स्टेडियो डि ला कार्टुजामा एथ्लेटिकलाई जिताउन ओस्कार डी मार्कोस, एसियर भिलालिब्रे र इनाकी विलिययम्सले समान एक–एक गोल गरे । बार्सिलोनाका एन्टोइन ग्रिजम्यानले दुई गोल गरे ।

निर्धारित समय २-२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।
अतिरिक्त समयमा विलियम्सले गोल गर्दै बिल्बाओलाई जित दिलाए ।

यस्तै अतिरिक्त समयमा बार्सिलोनाका १० खेलाडीमा समेटिएको थियो । उसका लियोनल मेस्सीले रातो कार्ड पाएका थिए । बिल्बाओका भिलालिब्रालाई फाउल गरेपछि मेस्सीले रातो कार्ड पाएका थिए ।

अतिरिक्त समयमा धकेलिनु अघि एन्टोनी ग्रीजम्यानले ४० औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर, ४२ औं मिनेटमा ओस्कार डी मार्कोसले गोल गर्दै बिल्बाओलाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ७७ औं मिनेटमा ग्रीजम्यानले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए । तर, खेलको ९० औं मिनेटमा इजर भिलालिब्राले गोल गर्दै बिल्बाओलाई २-२ को बराबरीमा ल्याएका थिए ।

यसअघि बार्सिलोनाले रियल सोसिडाडलाई पेनाल्टी सुटआउटमा ३–२ गोलको जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो । बिल्बाओ भने साविक विजेता रियल मड्रिडलाई २–१ गोलले हराउँदै उपाधि नजिक पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!