२०८२ बैशाख ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ७ माघ । भारत सरकारले भोलीदेखि कोभिड १९ विरुद्धको खोप नेपालसहित छ राष्ट्रलाई अनुदानमा दिने तयारी गरेको छ । विभिन्न राष्ट्रले भारत समक्ष औपचारिक रुपमै कोभिड विरुद्धको खोप आपूर्तिका लागि पत्राचार र छलफल गरेपछि भारतको विदेश मन्त्रालयले मंगलबार छ राष्ट्रलाई तत्काल अनुदानमा खोप उपलब्ध गराउन लागेको जानकारी सार्वजनिक गरेको हो ।

पछिल्लो साता परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमण गर्दा खोप आपूर्तिका लागि भारतसँग छलफल गरेका थिए । भारतको विदेश मन्त्रालयले कोभिड विरुद्धको खोप पाउने छ राष्ट्रमा भुटान, मल्दिभ्स, बङ्गलादेश, नेपाल, म्यानमार र सेसिलास रहेको जनाएको छ ।

घरेलु मागलाई ध्यानमा राखेर साझेदार राष्ट्रहरुलाई आगामी साताहरुमा चरणबद्ध रुपमा खोप आपूर्ति गरिने भारतको विदेश मन्त्रालयले प्रष्ट्याएको छ । घरेलु उत्पादकलाई स्थानीय माग धान्न पर्याप्त सञ्चित रहेको अवस्थामा मात्र विदेशमा आपूर्ति गरिने मन्त्रालयले उल्लेख गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमा कोभिड विरुद्धको खोप विदेशमा आपूर्ति गर्ने उद्घोष आज गर्न लागेको जानकारी साझा गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!